७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरको मतपत्र च्यातेको प्रकरणमा माओवादी कार्यकर्ता दोषी ठहर



अ+ अ-

चितवन । तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने स्थानीय तह निर्वाचनका बेला भरतपुर महानगरपालिकामा मतपत्र च्यातेको घटनामा कसुरदाता ठहरिएका छन् । चितवन जिल्ला अदालतले बिहीबार उनीहरुविरुद्ध दोषी ठहर भएको फैसला सुनाएको हो ।

मुद्दा दर्ता भएर थुनछेक आदेश भएको दुई वर्ष नाघेपछि बिहीबार उक्त मुद्दामा पहिलो पटक बहस भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले ०७४ जेठ १४ गते राति मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका दुई व्यक्तिलाई कसुर निर्धारण गर्ने गरी फैसला गरेको छ ।

निर्वाचन कसुर तथा सजायँ ऐन ०७३ अनुसार सजायँ तोकिन लागेको चितवन अदालतले जनाएको छ । २६ औं पटकको पेशीमा चितवन अदालतको सो निर्णय लिएको हो ।

उनीहरुको सजाय भने निर्धारण भएको छैन । मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय मागेको छ । सजाय निर्धारणका लागि भने असार ५ गतेलाई पेसी तोकिएको छ ।

तत्कालीन समयमा भरतपुर महानगरको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा रेनु दाहाल पक्षका मत गणनामा सलंग्नहरुले मत पत्र च्यातेका थिए । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं.१९ को मत गनेर लगभग सकिन लागेको थियो । गन्न बाँकी २० वडा मात्रै रहन्थ्यो । त्यस्तो अवस्थामा मतपत्र च्यातिएको थियो ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा साउन २० मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । सो निर्वाचनमा कांग्रेस माओवादी केन्द्र गठवन्धनकी उम्मेदवार रहेकी रेनु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराएर मेयर निर्वाचित भएकी थिइन् ।

मतदानको विषयमा सर्वोच्च अदालतले नै टुंगो लगाएको थियो । त्यसैले चितवन जिल्ला अदालतबाट भएको यो आदेशले निर्वाचन परिणाम कुनै असर पर्दैन ।