१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

तेल ट्याङ्करमा आक्रमण गरेको अमेरिकाको दाबी इरानद्वारा अस्वीकार

तेल ट्याङ्करमा आक्रमण गरेको अमेरिकाको दाबी इरानद्वारा अस्वीकार
अ अ+ अ-

काठमाडौं । गल्फको ओमानमा दुईवटा तेल ट्याङ्ककरमा क्षति पुग्ने गरी भएको शंकास्पद आक्रमणमा इरानको हात रहेको अमेरिकाले दाबी गरेको छ । यद्यपि, उक्त आरोपलाई इरानले अस्विकार गरेको छ ।

शुक्रवार राष्ट्रसङ्घस्थित इरानी नियोगले जारी गरिएको विज्ञप्तिमा भनिएको छ–इरान १३ जुनमा तेल ट्याङ्ककरहरूमा भएको घटनाका सम्बन्धमा अमेरिकाले गरेका आधारहीन दाबीलाई अस्वीकार गर्छ र ती आक्रमणको भर्त्सना गर्छ।

अमेरिकी विदेशमन्त्रीले गोप्य सूचनाको आधारमा र आक्रमणको प्रकृति हेर्दा यो घटनामा इरानको हात रहेको बताएका छन्। तर उनले कुनै प्रमाण भने देखाएका छैनन्।ओमानको खाडी तेल ट्याङ्करहरूको आवतजावत हुने एउटा प्रमुख रणनीतिक जलमार्ग हो।

त्यहाँ दुईवटा तेल ट्याङ्करमाथि आक्रमण भएपछि अमेरिकाले त्यसका लागि इरानलाई जिम्मेवार भएको दाबी गरेको छ।

इरानले आक्रमणको खण्डन गरेपनि अमेरिकाले एउटा भिडियो फूटेज सार्वजनिक गर्दै हमलाको जिम्मेवार इरान भएको जिकिर कायम राखेको छ । उक्त भिडियो फुटेजमा देखिएका व्यक्तिहरु इरानी रिभोलुस्नरी गार्डका सदस्यहरु भएको अमेरिकी सेनाका प्रवक्ताले दाबी गरेका छन् । ‘अमेरिकी सेन्ट्रल कमान्डले भिडियो मात्रै सार्वजनिक गरेको छैन, घटनाको तयारीको योजनासमेत सार्वजनिक गरेको छ’ अमेरिकी सैनिक प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

भिडियोमा कसैले प्रत्यक्षे आक्रमण गरेको नदेखिए पनि शंकास्पद रहेका मान्छेहरुलाई देखाइएको छ । अमेरिकाले उनीहरुले नै आक्रमण गरेको दाबी गरेको छ ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेसँगै मध्यपूर्वमा अमेरिका इरानबीचको तनाव दिनदिनै बढ्दो अवस्थामा छ ।

हमलापछि अमेकिराले कुनै पनि प्रकारका आतंकवादी गतिविधिलाई अमेकिराले सहन नसक्ने भन्दै त्यसको जवाफ दिने बताएको छ ।

अहिले ट्याङ्करमा आक्रमणको समाचार आएपछि तेलको मूल्य चार प्रतिशतले बढेको छ। त्यसै क्षेत्रमा गत महिना चारवटा तेल ट्याङ्करमाथि आक्रमण भएको थियो।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणसँग सम्बन्धित तथ्य बाहिर आउनुपर्ने बताउँदै खाडी क्षेत्रमा तनाव अझै बढ्न सक्ने चेतावनी दिएका थिए।