१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रधानसेनापति थापा भोली चीन जाँदै, भ्रमण दलमा श्रीमतीसहित आठ जना

प्रधानसेनापति थापा भोली चीन जाँदै, भ्रमण दलमा श्रीमतीसहित आठ जना
अ अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन् ।

नेपाल सरकारको निर्णय बमोजिम असार १ गते औपचारिक भ्रमणको लागि चीन प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापतिको नियुक्ति पश्‍चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमण दलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहने छन् ।


भ्रमणदल आइतबार एयर चाइनाको फ्लाईटद्वारा काठमाण्डौबाट चीनको छेङ्दु हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति थापाको चीन भ्रमण क्रममा सैन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने स्रोतले बताएको छ। उनी असार १ मा सिचुवान प्रान्तको छेन्दू पुग्ने छन्। गत वर्ष असोज १ मा छेन्दुमै नेपाल–चीन संयुक्त सैन्य अभ्यास भएको थियो। उनी त्यहाँबाट चीनको राजधानी बेइजिङ जाने छन्। चिनियाँ समकक्षीलगायत चिनियाँ सेनाका वरिष्ठ अधिकारीसँग समेत उनले भेट गर्ने छन्। भ्रमणका क्रममा उनले पीएलएका विभिन्न युनिट अवलोकन गर्ने छन्।

चीन बसाइमा उनले चिनियाँ रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीसँग पनि भेट गर्ने छन्। चिनियाँ समकक्षीसँगको भेटमा सैनिक सहायता, नेपाल—चीन संयुक्त सैन्य अभ्यासलगायतमा छलफल हुने छ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानसेनापति थापासहितको उच्चस्तरीय भ्रमणदल भ्रमण सम्पन्‍न गरी असार ७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।