७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डामा फैलिएको इबोलाप्रति डब्ल्यूएचओको आकस्मिक बैठक



अ+ अ-

जेनेभा । अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ ।

सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको छ । यसअघि सन् २००९ मा महामारीको रुप धारण गरेको एच१एन१ अर्थात् स्वाइनफ्लु, सन् २०१४ को पोलियो भाइरसको फैलावट, सन् २०१४ देखि २०१६ को अवधिमा पश्चिम अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोला तथा सन् २०१६ मा जिका भाइरस फैलिएको समयमा यस समूहको आपतकालीन बैठक बसेको थियो ।

गत अगष्टमा पूर्वी कंगोबाट शुरु भएको इबोलाबाट दुई हजार मानिस प्रभावित भइसकेका र त्यसमध्ये दुई तिहाईमा प्राणघातक अवस्था देखिएको छ ।

कंगोमा देखिएको यस इबोला संकटका विषयमा विश्व स्वास्थ्य संगठनले प्रत्यक्ष निगरानी गरिरहेको छ । तर गत अक्टोबर र अप्रिल बैठकमा इबोला संक्रमण कंगोमा मात्र सीमित देखिएको भन्दै अन्तर्राष्ट्रिय खतराका रुपमा लिइएको थिएन । तर कंगो सहित युगान्डामा समेत इबोलाका बिरामी देखिएकाले अन्तर्राष्ट्रिय चेतावनी नै सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको डब्लुएचओको भनाई छ ।

इबोलाबाट युगान्डामा दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ । इबोला भएका व्यक्तिले अर्को व्यक्तिलाई छोएमा इबोलाको भाइरस संक्रमण हुने गर्दछ । इबोला संक्रमित बिरामीमा अति उच्च ज्वरो आउने र समयमै उपचार नपाए त्यस्ता बिरामीको मृत्यु पनि हुने गर्दछ ।