७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सीमा सुरक्षा बल एसएसबीबीच कुटाकुट भएपछि जोगबनी नाका बन्द



अ+ अ-

मोरङ । भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच उत्पन्न समस्याका कारण नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका बिहीबारदेखि बन्द भएको छ ।एसएसबीले कुटपिट गरेको भन्दै जोगवनी भन्सारका एजेन्ट आन्दोलित बनेपछि आयात निर्यात पूर्ण रुपमा प्रभावित भएको छ ।

भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानहरु लिएर नेपाल आउँदै गरेका मालवाहक गाडीहरु बोर्डरमै रोकिएको छ भने नेपालबाट फर्कने क्रममा रहेका सवारी साधन पनि नेपालतर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले बताए।

उनका अनुसार भन्सारको मुख्य नाका नै ठप्प हुँदा साँझसम्म पनि मालवाहक सवारी साधन नेपाल भित्रिएनन्।

नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउजाउ गर्ने गर्ने दुई सयभन्दा बढी मालवाहक गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् ।