७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापको दोरम्बामा बस दुर्घटना : २ जनाको मृत्यु, १९ जना घाइते



अ+ अ-

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका— ६ लखनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

बिहीबार साँझ काठमाडौँबाट दोरम्बा गाउँपालिकाको गुराँसे तर्फ आउँदै गरेको कोशीपारी यातायातको बा २ ख ७२४२ को बस लखनपुरको बरबोटे घुम्ती नजिकै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दोरम्बा ६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको वडाअध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिए ।

घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ ।दुर्घटनामा घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।