७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशिने युवाहरुलाई स्वदेशमै रोक्ने हाम्रो योजना छ : गृहमन्त्री बादल



अ+ अ-

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले देशमै रोजगारी सिर्जना गरेर विदेशिने युवाहरुलाई स्वदेशमा नै रोक्ने योजना रहेको बताएका छन् ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले देशमै उद्योग खेलेर विदेशीने युवाहरुलाई रोक्ने योजना रहेको उल्लेख गरे । उनले उक्त कार्यक्रममा बोल्दै चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताए ।उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ठुक्क भएर लगानी गर्न आग्रह गरे ।

उद्योगको विकास नभएसम्म बेरोजगारी अन्त्य नहुने भन्दै गृहमन्त्री थापाले औधोगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने योजनामा सरकार रहेको दावी गरे ।

मेलामा रत्ननगर उद्योग बाणिज्य संघ, चितवन उद्योग संघ, क्षेत्रीय होटल संघ सौराहा, रेष्टुरेन्ट एण्ड बार एसोसियशन सौराहा, निर्माण व्यवसायी संघ, भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, पूर्वी चितवन कुखुरा व्यवसायी संघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका संस्थाका अधिकारीहरु मेलामा उपस्थित हुने छन् ।

मेलामा वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगारसम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । त्यस्तै मेलामा निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमहरु सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिएको छ ।

रोजगार मेलामा २५०० देखि ३००० जनासम्मको सहभागिता रहने अनुमान गरिएको छ । मेलामा १ हजार ५०० युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने दावी नगरपालिकाको छ । साथै मेलामै १ सय ५० देखि २ सय जनालाई विभिन्न उद्योगहरुमा प्रत्यक्ष रोजगार पाउने मेयर नारायण वनले बताए ।