७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वरियतामा नेपाल ४ स्थान तल झर्‍यो, पहिलोमा बेल्जियम यथावत



अ+ अ-

काठमाडौं । फिफा वरियतामा नेपाल ४ स्थान तल झरेको छ। दक्षिण एसियामा नेपालको वरियता स्थान तेस्रो हो।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार जारी गरेको नयाँ वरियतामा नेपाल ४ स्थान तल झर्दै १६५ औं स्थान कायम गरेको हो।यसअघि अप्रिल ४ मा प्रकाशित वरियतमा नेपाल १६१ औं स्थानमा थियो।

त्यस्तै भारत १०१ औं स्थानमा छ भने माल्दिभ्स भने १५१ औं स्थानमा छ। बंगलादेश १८३ औं, भुटान १८६ औं, श्रीलंका २०१ औं र पाकिस्तान २०५ औं स्थानमा छ।

उता बेल्जियम, फ्रान्स, ब्राजिल र इंङल्याण्ड क्रमश पहिलो, दोस्रो, तेस्रो र चौंथो स्थानमा यथावत छन्। यसअघिको वरियतामा पनि यी देश सोही स्थानमा थिए। पोर्चुगल पाँचौं, क्रोएसिया छैठौं, स्पेन सातौं र उरुग्वे आठौं स्थानमा छ। स्वीट्जरल्याण्ड नवौं स्थानमा हुँदा डेनमार्क दशौं स्थानमा छ।