७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमसल र गुणस्तरहीन समान बेच्ने सगरमाथा सिमेन्ट उद्योगीलाई ७ लाख जरिवाना



अ+ अ-

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले दाङ घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगीलाई ७ लाख जरिवाना तिराएको छ ।

घोराहीमा उत्पादित सिमेन्ट उद्योगका सञ्चालक, निर्देशक र व्यवस्थापकलाई कालोबजारी ऐनअन्तर्गत ७ लाख जरिवाना लिइएको हो ।

उद्योगका सञ्चालक पुरुषोत्तम संघाईलाई ३ लाख, निर्देशक सञ्जय वंशल र व्यवस्थापक आदित्य संघाईलाई जनही २ लाख जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनाए ।

नेपाल गुणस्तर तथा नाप तौल विभाग, बालाजु काठमाडौंबाट गएको टोलिले उक्त सिमेन्टमा गुणस्तर नभएको प्रमाणित गरेको थियो । गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा म्यानिसिया (खरानी) बढीमा ५ प्रतिशत हुनु पर्नेमा ६ दशमलव ५ प्रतिशत बढी भएको प्रशासनले जनाएको छ ।

सिमेन्ट ल्याब रिर्पोटबाट गुणस्तर नभएको प्रमाणित भई आएपछि कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको थियो ।

करिब छ महिनाअघि जिल्ला प्रशासन कार्यालयले उद्योगका सञ्चालकलाई २३ लाख धरौटी लिई तारेखमा छाडेको थियो ।


यस्तै करिब ८ महिनाअघि सगरमाथा सिमेन्ट कमसल र गुणस्तर देखिएपछि जिल्लास्थित विकास आयोजना लगायत सरकारी कार्यालयमा सगरमाथा ओपीसी सिमेन्ट प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय, बर्दियाले उर्द्दी जारी गरेको थियो ।

नेपाल सरकारबाट गुणस्तर चिह्न प्राप्त गरेको दाङबाट उत्पादित सगरमाथा सिमेन्ट लेखिएको उक्त सिमेन्ट विजय ट्रेडर्सबाट वितरण हुँदै आएको छ ।