७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा अध्यक्ष प्रचण्डद्वारा नेता पौडेलप्रति अन्तिम श्रद्धान्जली



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् ।

आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी उनी प्रति श्रद्धान्जली अर्पण गरेका हुन् ।

श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायतका नेताहरूको उपस्थिती थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उनको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो ।

अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पौडेल संविधानसभाको सदस्य थिए ।उनी २०७० सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट समानुपातिक सभासद भएका थिए।

उनी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा शिक्षा मन्त्री भएका थिए। उनी सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए।उनकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य छिन् । । उनका दुई छोरी छन् ।