६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : वेष्ट इन्डिजको खराव लय कायमै, ८ विकेट गुमायो



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आयोजकविरुद्धको विरुद्धको खेलामा वेष्ट इन्डिजले ८ विकेट गुमाइसकेको छ ।

साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले यो समाचार तयार पर्दासम्म ४० ओभरको समाप्तिमा २०३ रन बनाउदै ८ विकेट गुमाएको हो ।

उसले क्रिस गेललाई ३६ रनमा गुमाएको थियो । गेलले ४१ बलमा ५ चौका र एक छक्का प्रहार गरेका थिए । यता इभिन लुइस २ रनमा आउट भए भने शाइ होप ११ रनमै आउट भए ।

त्यस्तै निकोलस पुरनले ६३,शिमरन हिटम्यर ३९, एन्ड्रे रसेल २१, ज्यासन होल्डर ९ र शेलडन कोटरेल ५ रनमा आउट भए ।

इंग्ल्याण्डका लागि बलिङतर्फ क्रिस वोकस, मार्क वोड र जोफ्रा आर्चरले समान दुईदुई विकेट लिए भने लियाम प्लुंकेट एक विकेट लिएका छन् ।

जारी विश्वकपमा इङ्ल्यान्ड र वेस्ट इन्डिज दुवैको यो चौथो खेल हो। यसअघि खेलिएका तीन खेलबाट चार अंक जोड्दै इङ्ल्यान्ड तालिकाको तेस्रो स्थानमा छ। वेस्ट इन्डिज भने तीन खेलबाट तीन अंक हात पार्दै छैटौं स्थानमा छ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग १४ रनले पराजित भएको थियो। तेस्रो खेलमा इङ्ल्यान्डले बंगलादेशलाई एक सय ६ रनले हराएको थियो।

यता, वेष्ट इन्डिजले भने आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले हारेको थियो । वेष्ट इन्डिजको तेस्रो खेलमा भने वर्षा बाधक बन्यो ।खेल चलिरहेकै बेला पानी परेपछि वेष्ट इन्डिजले दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य बन्यो ।

जारी विश्वकपमा वेस्ट इन्डिजको तुलनामा इङ्ल्यान्डको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट देखिएको छ। वेस्ट इन्डिजको ब्याटिङमा माथिल्लो क्रम बलियो देखिन्छ।

वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा विश्वकपको उपाधि जितिसकेको छ। इङ्ल्यान्डले भने हालसम्म विश्वकप जित्न सकेको छैन।

पछिल्लो पटक सन् २०१९ को मार्चमा यी दुई टोलीबीच एकदिवसीय खेल भएको थियो। सेन्ट लुसियामा खेलिएको उक्त खेलमा वेस्ट इन्डिज सात विकेटले विजयी भएको थियो। टेस्ट क्रिकेटमा त यी दुई टोलीको भिडन्त झनै पुरानो छ। सन् १९२८ देखि यी दुई टोलीबीच टेस्ट शृंखला हुँदै आएको छ। यस आधारमा इङ्ल्यान्ड र वेस्ट इन्डिज लामो समयदेखिका परिचित प्रतिद्वन्द्वी हुन्।

यसअघिका विश्वकपमा यी दुई टोलीबीच ६ पटक भेट भएको छ। पाँच खेलमा इङ्ल्यान्ड र एक खेलमा वेस्ट इन्डिज विजयी भएका छन्। सन् १९७९ को विश्वकपमा वेस्ट इन्डिज ९२ रनले विजयी भएको थियो। इङ्ल्यान्ड सन् १९८७ को विश्वकपको पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ३४ रनले विजयी भएको थियो। यसैगरी इङ्ल्यान्ड सन् १९९२ मा ६ विकेट, सन् २००७ मा एक विकेट र सन् २०११ मा १८ रनले विजयी भएको थियो।