७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप : इङ्ल्यान्डद्वारा वेस्ट इन्डिज पराजित, रुटको शतकीय पारी



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप आयोजक इङ्ल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा आयोजक इङ्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको हो ।

वेस्ट इन्डिजले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ३३.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा जोय रुटले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गरे । उनले शतकीय पाली खेलेक थिए । रुटले अविजित एक सय रन बनाए । जोनी बेयरस्टले ४५, क्रिस वाक्सले ४० र बेन स्टोक्सले १० रन बनाए । वेस्ट इन्डिजका सानन् गाब्रियलले दुई विकेट लिएका थिए ।

यसअघि रोज बल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४४.४ ओभर सवै विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले अर्धशतकीय पाली खेले । उनले ६३ रन बनाए । सिम्रन हेटमायरले ३९, प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले ३६, आन्द्रे रसेलले २१, कार्लोस बेथवेटले १४ र साइ होपले ११ रन बनाए ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इङ्ल्यान्डका जोफरा आर्चर र मार्क उडले तीन तीन विकेट लिए । जोय रुटले दुई तथा क्रिस वाक्स र लियाम प्लुनकेटले एक एक विकेट झारेका थिए । यस जितसँगै इङ्ल्यान्डले चार खेलबाट ६ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । छैटौं स्थानमा रहेको वेस्ट इन्डिजको समान खेलबाट तीन अंक छ ।

आजको खेल
दक्षिण अफ्रिका र अफगानिस्तान

शनिबार नेपाली समयानुसार साँझ ६ः१५