१९ आश्विन २०८१, शनिबार
,
Latest
कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरिए प्रहरी प्रमुख : प्रदेश १ मा ठाकुर, सुदुरपश्चिममा को ?



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ पहरी नायब महानिरीक्षक (डीआईजी) सुरुवा गरेको छ ।

गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द जोशी, र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यलयको योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्दूमा हरिभक्त प्रजापति, विशेष ब्इुरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जीटी र महिला, बालबालिका सेवा निर्देशनालयमा पीताम्बर अधिकारीलाई लगिएको छ ।

दानसिंह बोहरालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपकुमार थापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षकको निर्देशनालय, महेन्द्रकुमार पोखरेललाई पूहरी प्रधान कार्यलयको वृत्तिविकास निर्देशनालय, महेशविक्रम शाहलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालय, सुरज केसीलाई प्रहरी प्रधान कार्यलयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय र सूर्यप्रसाद उपाध्यायलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सारिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।