७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलिभिया विरुद्ध गोल गरेका एभर्टनलाई भित्र्याउन युनाइटेड र सिटीको हानथाप !



अ+ अ-

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले ब्राजिलियन फवार्ड एभर्टन सोर्सलाई आफ्नो कल्बमा भित्र्याउने भएको छ ।


संचार माध्यमहरुका अनुसार २३ बर्षिय फवार्ड एभर्टनलाई युनाइटेडले मात्रै होइन २०१८–१९ को इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले समेत भित्र्याउन कोशिस गरिरहेको छ ।

सिटी र युनाइटेड उनलाई ग्रिमियो क्बलबाट आफ्नो घरमा भित्र्याउन लागि परेको मिडियाले जनाएका छन् । उनलाई अनुबन्ध गर्न २७ देखि ३६ मिलियनसम्म खर्चिन दुई क्बल तयार भएको जनाइएको छ ।

शनिवार विहान भएको बोलिभिया विरुद्धको खेलमा उनले उत्कृष्ट गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा एभर्टन सोर्सले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाएका थिए ।

इंग्लिस प्रिमियर लिग फुटबल २०१९–२० अगष्ट ९ तारिखबाट सुरु हुनेछ । उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै, अगष्ट १० तारिखमा इंग्लिस प्रिमियर लिगको विजेता म्यान्चेस्टर सिटीले वेष्टहामससँग प्रतिस्पर्धा गर्नेछ ।

अगष्ट १० तारिखमा ७ खेल हुदैछ । त्यो दिन बोर्नमाउथले सेफिल्ड युनाइटेड, बर्नेलीले साउथहृयाम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वोल्भ्स, वाटफोर्डले ब्राइटन र स्पुरले एस्टोनभिलासँग प्रतिस्पर्धा गर्दैछ ।