१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विश्वकप क्रिकेट : श्रीलंकामाथि अष्ट्रेलियाको सहज जित, कप्तान फिन्चको शतक

विश्वकप क्रिकेट : श्रीलंकामाथि अष्ट्रेलियाको सहज जित, कप्तान फिन्चको शतक
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा विश्वविजेता श्रीलंकामाथि अष्ट्रेलियाको सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको हो । ३३५ रनको चुनौती पछ्याउँदै ब्यािटङ गरेको श्रीलंकाले ४५.५ ओभरमा सबै विकेटको क्षतिमा २४७ रन मात्रै बनायो ।

श्रीलंकाका लागि कप्तान दिमुख करुनरत्नेले ९७ रन बनाए । उनले कुशल परेरासँग मिलेर पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । कुशलले ३६ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाए । तर अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ मिचेल स्टार्कले चार विकेट लिए । त्यस्तै केन रिचार्डशनले तीन र पट कुम्मिन्सले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै शतकसहित १५३ रन बनाए । उनले १३२ बलको सामना गर्दै १५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, स्टिेभन स्मिथले ७३ रन बनाउँदा ग्लेन म्याक्श्वेल ४६ रनमा अविजित रहे ।

बलिङतर्फ श्रीलंकाका इसुरु उदना र धनन्जय डे सिल्भाले समान २–२ विकेट लिए ।