१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

यो सरकार जनताको मन दुखाउन होइन, हसाउन बनेको हो : प्रधानमन्त्री ओली

यो सरकार जनताको मन दुखाउन होइन, हसाउन बनेको हो :  प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार जनाताको मन दुखाउनको लागि नबनेको बताएका छन् ।

साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो ।’

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले गुठि विधेयक धर्म संस्स्कृतिमा प्रतिकूल रहे सच्याउने प्रतिवद्धता जनाउदै उक्त कुरा बताएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले विधेयकका विषयमा विरोध र आन्दोलन गर्न खोज्नेले अवसर नपाउने समेत चेतावनी दिए

‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ ओलीको भनाई छ ।

ओलीले अघि भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’

प्रधानमन्त्री ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन् । जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गरेका थिए ।

प्रधानमन्त्री स्वदेश फर्कदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुख लगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेश फर्किएका हुन् ।

उनी स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।

 बेलायत सरकारको हेलीकप्टर प्रयोग गरेर लण्डनदेखि अक्सफोर्ड पुगेका थिए। रोचक त के रह्यो भने ओली लण्डन आउनुभन्दा अघि वेलायत सरकारले उनको भ्रमणको बारेमा कुनै सार्वजानिक जानकारी दिएको थिएन।

लण्डन पुगेकै दिन ओलीले विश्वविख्यात अक्स्फोर्ड विश्वविद्यालयस्थित अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरे। सम्बोधनका क्रममा उनले सरकारको नेतृत्व परिवर्तनका सम्बन्धमा मुख खोल्न भ्याए। सत्तारुढ दलका सह–अध्यक्ष प्रचण्डले आलोपालोमा जोड दिइ रहंदा सत्ता नछाड्ने संकेत गर्दै उनले पार्टी एकीकरणको समयमा भएको सहमति पार्टीको निर्णय अनुसार हुने बताए।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन् ।