६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रेल युरोपबाट ल्याउने भनेको छैन, भारत र चीनबाट ल्याउने भन्या हो’ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल भारत र चीनबाट ल्याइने बताए।

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको रेल कहिले आउँछ भन्ने प्रश्नमा उनले रेल भारत र चीनबाट ल्याइने बताए।

‘रेल युरोपबाट ल्याउने भनेको छैन। भारत र चीनबाट ल्याउने भन्या हो,’ उनले भने, ‘यसबारे पछि कुरा गरौंला।’

लोक सेवा आयोगको उक्त विज्ञापनबारे अहिल्यै केही नबोलौं

लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन समावेशी नभएको भन्दै विवादित बनेकोमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्रीले लोक सेवा आयोगको उक्त विज्ञापनबारे अहिल्यै केही नबोलौं भने।

यो सरकार जनताको मन दुखाउन होइन, हसाउन बनेको हो
प्रधानमन्त्री ओलीले आफ्नो सरकार जनाताको मन दुखाउनको लागि नबनेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो ।’

ओलीले गुठि विधेयक धर्म संस्स्कृतिमा प्रतिकूल रहे सच्याउने प्रतिवद्धता जनाउदै उक्त कुरा बताएका हुन् ।त्यसक्रममा प्रधानमन्त्री ओलीले विधेयकका विषयमा विरोध र आन्दोलन गर्न खोज्नेले अवसर नपाउने समेत चेतावनी दिए

‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ ओलीको भनाई छ ।

ओलीले अघि भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’

वाइड बडी अनियमितताबारेमा पनि नबोलौं
प्रधानमन्त्री ओलीले वाइड बडी जहाज खरिदमा भएको अनियमितताबारे छानबिन भइराखेकोले अहिल्यै केही नबोल्ने प्रतिक्रिया दिएका छन्।

उभने, ‘वाइड बडी अनियमितताबारे छानबिन भइराखेको छ, परिणाम नआइकन केही भन्न मिल्दैन।’

उनले दोषीमाथि कारबाही हुने बताए।‘छानबिन भइराखेको छ। मैले गैरजिम्मेवार ढंगले कोही भ्रष्टाचारी भन्न मिल्दैन,’ उनले भने, ‘छानबिन सकेपछि दोषीमाथि कारबाही हुन्छ।’