१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘रेल युरोपबाट ल्याउने भनेको छैन, भारत र चीनबाट ल्याउने भन्या हो’ : प्रधानमन्त्री ओली

‘रेल युरोपबाट ल्याउने भनेको छैन, भारत र चीनबाट ल्याउने भन्या हो’ : प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल भारत र चीनबाट ल्याइने बताए।

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको रेल कहिले आउँछ भन्ने प्रश्नमा उनले रेल भारत र चीनबाट ल्याइने बताए।

‘रेल युरोपबाट ल्याउने भनेको छैन। भारत र चीनबाट ल्याउने भन्या हो,’ उनले भने, ‘यसबारे पछि कुरा गरौंला।’

लोक सेवा आयोगको उक्त विज्ञापनबारे अहिल्यै केही नबोलौं

लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन समावेशी नभएको भन्दै विवादित बनेकोमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्रीले लोक सेवा आयोगको उक्त विज्ञापनबारे अहिल्यै केही नबोलौं भने।

यो सरकार जनताको मन दुखाउन होइन, हसाउन बनेको हो
प्रधानमन्त्री ओलीले आफ्नो सरकार जनाताको मन दुखाउनको लागि नबनेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो ।’

ओलीले गुठि विधेयक धर्म संस्स्कृतिमा प्रतिकूल रहे सच्याउने प्रतिवद्धता जनाउदै उक्त कुरा बताएका हुन् ।त्यसक्रममा प्रधानमन्त्री ओलीले विधेयकका विषयमा विरोध र आन्दोलन गर्न खोज्नेले अवसर नपाउने समेत चेतावनी दिए

‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ ओलीको भनाई छ ।

ओलीले अघि भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’

वाइड बडी अनियमितताबारेमा पनि नबोलौं
प्रधानमन्त्री ओलीले वाइड बडी जहाज खरिदमा भएको अनियमितताबारे छानबिन भइराखेकोले अहिल्यै केही नबोल्ने प्रतिक्रिया दिएका छन्।

उभने, ‘वाइड बडी अनियमितताबारे छानबिन भइराखेको छ, परिणाम नआइकन केही भन्न मिल्दैन।’

उनले दोषीमाथि कारबाही हुने बताए।‘छानबिन भइराखेको छ। मैले गैरजिम्मेवार ढंगले कोही भ्रष्टाचारी भन्न मिल्दैन,’ उनले भने, ‘छानबिन सकेपछि दोषीमाथि कारबाही हुन्छ।’