७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रफिकलाई एक हजार घुस दिन खोज्ने चालक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्ने खोज्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे वेथानचोक गाउँपालिका–१ घर भई बाफल बस्ने २५ वर्षीय विष्णु केसी रहेका छन् । केसीलाई चन्द्रागिरी नगरपालिका–१२ सतुङ्गल चोक शनिबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना. ३ ख ६५२५ नम्बरको गाडी जाँच गर्ने क्रममा नगद दिई आर्थिक प्रलोभनमा पार्ने खोजेकोले उक्त रकम सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।