१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

१६६ यात्रु सवार युनाइटेड एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लियो

१६६ यात्रु सवार युनाइटेड एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लियो
अ अ+ अ-

काठमाडौं । १६६ यात्रु सवार युनाइटेड एयरलाइन्सको एक विमानको टायर अवतरणका क्रममा पंक्चर भएपछि अमेरिकाको न्युजर्सीमा रहेको व्यस्त न्युआर्क विमानस्थल शनिवार केही समयका लागि बन्द गरिएको छ ।

संघीय उड्डयन प्रशासनका अनुसार अवतरणका क्रममा टायर पंक्चर भएपछि विमान धावनमार्गबाट अलिकति चिप्लिएको थियो । प्रशासनको अनुसार यो घटनामा केही यात्रुलाई सामान्य चोटपटक लागेको थियो तर उनीहरूले स्वास्थ्य जाँच गराउन मानेनन्

युनाइटेड एयरलाइन्सको फ्लाइट ६२७ डेन्भरबाट आइपुगेर १ बजे अवतरण गरेको थियो । त्यसक्रममा यो धावनमार्गको देब्रेतर्फ चिप्लिएको थियो । विमानको प्रमुख ल्यान्डिङ गीयर घाँसे इलाकामा अड्किएको थियो ।

घटनापछि न्युर्आक विमानस्थल एक घन्टाका लागि बन्द गरिएको थियो । यात्रुहरू विमानबाट ओर्लिएपछि विमानलाई हटाइएको उड्डयन प्रशासनले बतायो । अनुसन्धानकर्मीहरूले यसको जाँचबुझ गरिरहेका छन् ।