१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

२० वर्षपछि कोलोम्बियासँग हार्दा धेरै दुःख लाग्यो, मौकालाई सदुपयोग गर्न सकेनौं : मेस्सी

२० वर्षपछि कोलोम्बियासँग हार्दा धेरै  दुःख लाग्यो, मौकालाई सदुपयोग गर्न सकेनौं : मेस्सी
अ अ+ अ-

ब्राजिल । लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ ।

समुह बी अन्तर्गत आज बिहान भएको भएको पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २–० गोलले पराजित भएको हो । कोलोम्बियाको लागि रोजर मार्टिन्ज र डुभान जापाटले एक एक गोल गरेका थिए ।

पहिलो हाफ बराबरी खेलेको अर्जेन्टिनाले दुबै गोल दोस्रो हाफमा खाएको हो । निकै नै कमजोर खेल प्रर्दशन गरेको अर्जोन्टिनाले पाएको मौकालाई सदुपयोग गर्न सकेन। खेलको ७१ औं मिनेटमा नै अर्जोन्टिनाले गोल खायो । कोलोम्बियाका रोजर मार्टिनलेअर्जेन्टिनाका दूईजना डिफेन्डरलाई बिट गर्दै बक्स लाइनबाट हानेको प्रहारले सोझै जाली चुमेपछि कोलम्बियाले खेलमा १–० ले अग्रता लियो ।

पहिलो गोल गरेपछि निकै नै आक्रमक खेल खेलेको कोलोम्बियाले ८६ मिनेटमा अर्के गोल गर्यो । उसका लागि बैकल्पिक रुपमा मैदान पसेका डुभान जापाटले अर्के गोल गर्दै अग्रता २–० पुर्याए । बाँकी समयमा अर्जेन्टिनाले गोल गर्न नसक्दा कोलोम्बियाले २–० को जित हात पारेको हो ।

यससँगै कोलम्बियाले समूह ‘बी’मा पहिलो खेल जितेर ३ अंक बटुलेको छ । पराजित अर्जेन्टिना सबैभन्दा पुच्छारमा छ ।

विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो ।खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु स्वाभाविक भएको बताए । उनले अर्जेन्टिनाले गोल गर्ने अवसर पाएको तर त्यसलाई गोलमा परिणत गर्न नसकेको बताए ।

अर्जेन्टिनी टिममा विश्वप्रसिद्ध फुटबल खेलाडी रहेका छन् । स्पेनी क्लब बार्सिलोनाका फर्वार्ड समेत रहेका मेस्सी सहित म्यान्चेस्टर सिटीका फर्वार्ड सर्जियो अग्वेरो र पेरिस सेन्ट जर्माइनका फर्वार्ड एन्जेल डी मारिया पनि अर्जेन्टिनी अग्रपंक्तिमा थिए । खेलपछि अग्वेरोले हामीले यस्तो शुरुआत चाहेका थिएनौं भने । अर्जेन्टिनी आक्रमणलाई कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले निस्तेज पारेका थिए ।

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् ।

कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।