७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० वर्षपछि कोलोम्बियासँग हार्दा धेरै दुःख लाग्यो, मौकालाई सदुपयोग गर्न सकेनौं : मेस्सी



अ+ अ-

ब्राजिल । लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ ।

समुह बी अन्तर्गत आज बिहान भएको भएको पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २–० गोलले पराजित भएको हो । कोलोम्बियाको लागि रोजर मार्टिन्ज र डुभान जापाटले एक एक गोल गरेका थिए ।

पहिलो हाफ बराबरी खेलेको अर्जेन्टिनाले दुबै गोल दोस्रो हाफमा खाएको हो । निकै नै कमजोर खेल प्रर्दशन गरेको अर्जोन्टिनाले पाएको मौकालाई सदुपयोग गर्न सकेन। खेलको ७१ औं मिनेटमा नै अर्जोन्टिनाले गोल खायो । कोलोम्बियाका रोजर मार्टिनलेअर्जेन्टिनाका दूईजना डिफेन्डरलाई बिट गर्दै बक्स लाइनबाट हानेको प्रहारले सोझै जाली चुमेपछि कोलम्बियाले खेलमा १–० ले अग्रता लियो ।

पहिलो गोल गरेपछि निकै नै आक्रमक खेल खेलेको कोलोम्बियाले ८६ मिनेटमा अर्के गोल गर्यो । उसका लागि बैकल्पिक रुपमा मैदान पसेका डुभान जापाटले अर्के गोल गर्दै अग्रता २–० पुर्याए । बाँकी समयमा अर्जेन्टिनाले गोल गर्न नसक्दा कोलोम्बियाले २–० को जित हात पारेको हो ।

यससँगै कोलम्बियाले समूह ‘बी’मा पहिलो खेल जितेर ३ अंक बटुलेको छ । पराजित अर्जेन्टिना सबैभन्दा पुच्छारमा छ ।

विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो ।खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु स्वाभाविक भएको बताए । उनले अर्जेन्टिनाले गोल गर्ने अवसर पाएको तर त्यसलाई गोलमा परिणत गर्न नसकेको बताए ।

अर्जेन्टिनी टिममा विश्वप्रसिद्ध फुटबल खेलाडी रहेका छन् । स्पेनी क्लब बार्सिलोनाका फर्वार्ड समेत रहेका मेस्सी सहित म्यान्चेस्टर सिटीका फर्वार्ड सर्जियो अग्वेरो र पेरिस सेन्ट जर्माइनका फर्वार्ड एन्जेल डी मारिया पनि अर्जेन्टिनी अग्रपंक्तिमा थिए । खेलपछि अग्वेरोले हामीले यस्तो शुरुआत चाहेका थिएनौं भने । अर्जेन्टिनी आक्रमणलाई कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले निस्तेज पारेका थिए ।

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् ।

कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।