१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विराटले जसरी खेल जिताउन चाहन्छु: बाबर आजम

विराटले जसरी खेल जिताउन चाहन्छु: बाबर आजम
अ अ+ अ-

काठमाडौं । पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले भारतीय कप्तान विराट कोहलीले जसरी खेल जिताउन चाहेको बताएका छन् ।

भारत र पाकिस्तानबीचको खेल आज दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डको म्यान्चेस्टरमा सुरु हुँदैछ ।

चार वर्षयता निरन्तर पाकिस्तानी टिममा रहेका उनले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० क्रिकेटसहित गरी करिब चार हजार बढी रन बनाएका छन् । जुन २०१६ देखि एकदिवसीय क्रिकेटको बरियतामा बढी रन बनाउने खेलाडीमा उनी पाचौं स्थानमा छन् । यो सूचीमा विराट र इंग्ल्यान्डका जोइ रुट पनि छन् ।

२४ वर्षीय दाहिने हाते ब्याट्समान बाबरले भने, ‘विभिन्न परिस्थितिमा विराटले गरेको ब्याटिङ गरेको देखेको छु । उनले बिभिनन् तरिकाले खेल्ने गर्छन् । विराटले उनको टिमलाई जिताउने अहम क्षमता राख्छ । म पनि यही खुशी हाशिल गर्नु चाहन्छु ।’

उनले भारतीय टिमसँग आइसीसीका शिर्ष स्थानमा रहेको बलर जस्रित ब्रुमरा रहेपनि उसको सामना गर्न पाकिस्तान टिम सबै तरिकाबाट तयार रहेको बताए ।


बाबरले भने, “हामीलाई कुनै शंका छैन कि भारतसँग राम्रा बलर छन् भनेर तर हामी यसअधि इङ्ल्यान्डसँग खेलि सकेका छांैं । इङ्ल्यान्डसँग पनि राम्रा बलर थिए । तर हामीले राम्रो खेखेका थियौं । त्यसैले हामी भारतसँग पनि राम्रो खेल्नेछौं भनेर विश्वास लिएका छौं ।”

सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई पाकिस्तानले १८० रनले पराजित गर्दै उपाधि उचालेको थियो । त्यसबेला बाबरले ६३ रनको योगदान दिँदै पाकिस्तानलाई खेल जिताएका थिए । त्यही बेलाका अधिकांश खेलाडी अहिलेको टिममा छन् । बाबरलाई यो विश्वास छ कि त्यस्तै प्रदर्शन गर्न अहिले पनि पाकिस्तानी खेलाडी तयार छन् ।

बाबर भन्छन् , “हाम्रो सामू त्यहि टिम छ । जुन टिमसँग हामीले पहिलापनि खेलेका थियौ । त्यहि जितले गर्दा हामी आत्मबिश्वासी बनेका छौ । हामी भारत विरुद्दको खेल जित्न केहि कसर राख्दैनौं । हामी भारत र पाकिस्तानको म्याच रोमान्चक हुने कुरामा ढुक्क छौं । त्यसैले हामी राम्रो खेल्ने छौं । यहि खेल हेर्न दुनियाका मानिसहरु कुरेर बसेका छन् ।”

”पूरै टिमका सदस्य यो खेलको लागि सकरात्मक छन् । म मात्रै होइन सबै टिमका सदस्य यो म्याच जित्न चाहन्छौं” , बाबरले भने ।