१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका हिँडेका २४ जना अवैध आप्रवासी पक्राउ



अ+ अ-

काठमाडौं । मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिना र एक जना बच्चा पनि रहेको जानकारी दिए ।

पक्राउ परेकामध्ये २० जना हैटीका र चार जना गिनीका रहेका छन् ।प्रहरीले पक्राउ गरिएका सबै आप्रवासीलाई ग्वाटेमालाको राजधानीस्थित अस्थायी शिविरमा ल्याइएको जनाएको छ ।

गत वर्ष मेक्सिको–अमेरिका सीमामा भेला भएका ठूलो संख्याका आप्रवासीहरु ग्वाटेमाला हुँदै गएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई नरोके अमेरिकी सहायता बन्द गर्ने चेतावनी दिएका छन् ।

गत शुक्रबार पनि प्रहरीले क्यामरुन र बुर्किनाफासोका १३ जना आप्रवासीलाई ग्वाटेमालाको सीमामा पक्राउ गरिएको थियो ।
––