६ आश्विन २०८१, आईतवार
,
Latest
रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति रविलाई पक्राउको हल्लाले पार्टी कार्यालयमा कार्यकर्ताको भिड मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध भारत टस हारेर ब्याटिङ गर्दै, सुरुवात सुस्त



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतले टस हारेर ब्याटिङ गर्ने भएको छ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको हो । दुबै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईँको रुपमा लिदै जित हात पार्ने दाउँमा हुनेछन् ।

विश्वकपमा भारत आफ्नो चौथो खेल खेल्दै छ । पाकिस्तानले पाँचौं खेल खेल्दैछ ।

यसअघि तीन खेल सकेको भारत अपराजित यात्रा कायम राख्ने अभियानमा छ । भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हरायो । भारत र न्युजिल्यान्डविरुद्धको खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तीन खेलबाट पाँच अंक बनाएको छ ।

यसैगरी पाकिस्तान पनि भारतलाई हराउन धेरै मिहिनेत गरिरहेको छ । तर, पाकिस्तान यसपटकको विश्वकपमा त्यति जम्न सकेको छैन । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्ध भएको थियो । चौथो खेलमा पाकिस्तान अस्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो । पाकिस्तानले चार खेलबाट तीन अंक बनाएका छ ।

भारत र पाकिस्तान दुवै विश्वकप विजेता टोली हुन् । पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएको भारतले सन् १९८३ र सन् २०११ मा दुई पटक विश्वकपको उपाधि जितिसकेको थियो । पाकिस्तानले सन् १९९२ मा उपाधि जितेको थियो । विश्वकपको उपाधि दाबेदार भारत उत्कृष्ट लयमा छ । भारतका प्रारम्भिक ब्याट्सम्यान र बलर बलियो देखिएका छन् । पाकिस्तानको बलियो पक्ष भनेको तीव्र गतिका बलर नै हो । यसअघि यी दुई टोलीबीच भएको विश्वकप भिडन्तमा पनि भारत बलियो छ । विश्वकपमा यसअघि भारत र पाकिस्तान ६ पटक खेलेका थिए । जसमा भारतले ६ वटै खेल जितेको छ । त्यसैले आज पाकिस्तानले भारतलाई हराउन हर कोशिष गर्नेछ । भारतले पनि आफ्ना शाख कायम राख्न भरपुर प्रयास गर्नेछ ।

प्लेइङ इलाभेन

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोहेब मलिक, सादब खान, मोहम्मद आमिर, हसन अली, वाहव रियाज, इमाद वासिम ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, महेन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।