१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ल्हासामा तिब्बत विकास मञ्चको अन्तर्राष्ट्रिय सम्मेलन: खुला तिब्बत अवधारणाको प्रशंसा

ल्हासामा तिब्बत विकास मञ्चको अन्तर्राष्ट्रिय सम्मेलन: खुला तिब्बत अवधारणाको प्रशंसा
अ अ+ अ-

ल्हासा । तिब्बत विकास मञ्चको ल्हासामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले चीनको स्वशासित क्षेत्र तिब्बतको विकासका लागि यसको सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक महत्वको थप प्रवद्र्धनमा जोड दिएको छ । उक्त सम्मेलनमा विश्वका विभिन्न देशका सहभागीले तिब्बतको बृहत्तर क्षेत्रको महत्वलाई उजागर गर्न चीन सरकारले शुरु गरेको खुला तिब्बत अवधारणाको प्रशंसा गरेका थिए ।

तिब्बतका बारेमा पश्चिमालगायतका कतिपय देशको सोचाई फरक रहेको प्रसङ्ग उल्लेख गर्दै सहभागीहरुले तिब्बतको बृहत् क्षेत्रको महत्वलाई विश्वमा पु¥याउन चीन सरकारले अघि सारेको तिब्बतको विकासका लागि मञ्च र खुला तिब्बतको अवधारणाले थप सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

शुक्रबार तिब्बतको ल्हासा शहरमा सम्पन्न तिब्बतको विकासका लागि मञ्च सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभागका उपमन्त्री चियाङ चाङ्गुले तिब्बतको विगत र वर्तमानको अवस्थाको वास्तविक अध्ययन गर्न चीन सरकारले विश्व समुदायलाई आग्रह गर्दै आएको बताए ।

उनले सन् १९५९ मा तिब्बतमा भएको बृहत् प्रजातान्त्रिक सुधारपछि यहाँ व्यापक मात्रामा विकास भएको प्रसङ्ग उल्लेख गर्दै तिब्बतको विविध क्षेत्रको महत्वलाई संसारमा थप स्थापित र विस्तारित गर्न चीन सरकारले यस वर्ष परेको प्रजातान्त्रिक सुधारको ६० औँ वर्षगाँठका अवसरमा यस मञ्चमार्फत सम्मेलनको आयोजना भइरहेको जानकारी दिए ।

एक प्रसङ्गमा उनले चीन–नेपाल सम्बन्धको चर्चा गर्दै दुवै देशको सम्बन्धमा सुदृढीकरणसँगै आ–आफ्नो सम्भावना र अवसरबाट लाभ दिँदै जानुपर्नेमा जोड दिए ।

तिब्बत स्वशासित क्षेत्रका जनसरकार उपप्रमुख लोपसांग ग्वेतसानले गएको ६० वर्षमा चीनको व्यापक विकास भएको बताए । उनले चीनको बृहत् प्रजातान्त्रिक सुधारपछि तिब्बतमा भएका विकासको तथ्याङ्क प्रस्तुत गर्दै तिब्बतको थप विकास तथा प्रवद्र्धनका क्षेत्रमा चीन सरकारले अघि सारेका कार्यक्रमका बारेमा जानकारी गराए ।

तिब्बतको बृहत् प्रजातान्त्रिक सुधारपछि यहाँका नागरिकमा आएको परिवर्तन उल्लेखनीय रहेको, सामाजिक, आर्थिक, शैक्षिक लगायतका विविध क्षेत्रमा नागरिकमा व्यापकमात्रामा सुधार आएको तथ्याङ्कले नै देखाएको उनले बताए ।

नेपालकोतर्फबाट उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रा डा राजीव झाले नेपाल सदैव एक चीन नीतिको पक्षमा रही आएको भन्दै नेपाल र तिब्बतबीचको सम्बन्ध सयौँ वर्ष पुरानो ऐतिहासिक रहेको बताए ।

चीनको सियान विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका उनले चीन नेपालको एक असल छिमेकी मित्रका रुपमा रही आएको आफूले पाएको अनुभव प्रस्तुत गर्दै चीनजस्तो समृद्ध छिमेकीबाट नेपाल लाभान्वित हुन सक्नुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समय नेपाल र चीनबीचको सम्बन्धले नयाँ उचाई हासिल गरिरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा नेपालले चीनबाट लिनसक्ने सहयोगका बारेमा आवश्यक सहयोग तथा सम्झौता भएका र ती सम्झौताले नेपाल र चीनको सम्बन्धलाई परम्परागत सम्बन्धका रुपमा मात्र नराख्ने धारणा राखे ।

जनवादी गणतन्त्र चीन सरकारको राज्यपरिषद् कार्यालयद्वारा आयोजित यस सम्मेलनमा विश्वका ३८ देशका पत्रकार एवं विभिन्न क्षेत्रका व्यक्तित्व गरी ७६ जनाको सहभागिता थियो । त्यति नै सङ्ख्यामा चिनियाँ विशिष्ठ व्यक्तित्वको सहभागिता थियो ।

गत जेठ २५ देखि चीनको राजधानी बेइजिङबाट शुरु भएर विभिन्न शहरको अध्ययन तथा अवलोकन भ्रमण र अन्तक्र्रिया गर्दै गत शुक्रबार चीनको ल्हासामा सम्मेलनको समापन भएको थियो ।

उक्त सम्मेलनको उद्घाटन र समापनमा चिनियाँ कम्युनिष्ट पार्टीका साथै चीनको स्वशासित क्षेत्र तिब्बतका जनसरकार प्रमुख एवं कम्युनिष्ट पार्टीका नेता तथा सदस्यको सहभाागिता रहेको थियो ।