१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ल्हासामा एक चीन नीतिमा जोड, डा.झाले गरे नेपालको तर्फबाट सम्बोधन

ल्हासामा एक चीन नीतिमा जोड, डा.झाले गरे नेपालको तर्फबाट सम्बोधन
अ अ+ अ-


काठमाडौँ । तिब्बत विकास मञ्चको ल्हासामा सम्पन्न सम्मेलनले तिब्बतको विकास र यसका लागि चीन सरकारले अघि सारेको खुला तिब्बत नीतिमा जोड दिएको छ । विश्वका ३८ देशका प्राध्यापक, वैज्ञानिक, पत्रकार, कूटनीतिक क्षेत्रका जानकार, लेखकलगायतको सहभागितामा भएको सो सम्मेलन ल्हासामा शुक्रबार सम्पन्न भएको हो ।


सो सम्मेलनलाई नेपालको तर्फबाट सम्बोधन गर्दै नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा.डा.राजिवकुमार झाले नेपाल चीन सम्बन्धले विगतको भन्दा थप उचाई हासिल गरेको बताए ।
उनले भने, अब नेपाल चीन सम्बन्ध पहिलेको जस्तो परम्परामा मात्र सीतिम रहँदैन, दुइ देशबीच सम्पन्न यातायत तथा पारवाहन क्षेत्रका सम्झौताले नेपालको विकासमा ठूलो सहयोग पुग्ने बताए ।
उनले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको धारणा राखेपछि त्यहाँ सहभागी चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु र सम्मेलनका चिनियाँ प्रतिनिधिहरुले खुशी व्यक्त गर्दै निकै बेरसम्म ताली बजाएर स्वागत गरेका थिए । चीनमा विगत २२ वर्षदेखि अध्ययन र अध्यापन गरिरहेका डा.झालाई चीनको सियान सरकारले युवा वैज्ञानिकका रुपमा पुरस्कृत गरेको छ भने उनलाई नेपालको लागि नागरिक दूतका रुपमा पनि घोषणा गरेको छ ।


प्राध्यापक झाले विश्वका करिब एक तिहाई नागकिको आश्थाको धरोहर गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै नेपालमा रहनु नेपालीका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो भन्दै यति अद्धितीय सम्पदाबाट नेपाल लाभान्वित हुन सक्नुपर्नेमा जोड दिए । उनले तिब्बतको बारेमा बाह्य विश्व र विशेषगरी पश्चिमाहरुले बनाइराखेको सोँच गलत रहेको भन्दै तिब्बतको सौन्दर्य, यसको ऐतिहासिकता र अरु विविध क्षेत्रको महत्वलाई संसारमा पुराउन हाल चीन सरकारले लिएको नीतिको उनले प्रसंशा गरे ।


उनले नेपालको वर्तमान केपी ओली सरकारले चीनसँगको सम्बन्धलाई थप प्रगाढा बनाएको आफूले पाएको भन्दै चीनले नेपालमा निर्माण गरिदिने रेलमार्गले यी दुई देशको सम्बन्धलाई अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण स्थानमा पुर्याउने धारणा राखे । उनले चिनियाँ राष्टपति सि चिनफिङले नेपाल भ्रमण गर्ने घटनाको तिब्र पर्खाइमा नेपाली नागरिक रहेको बताए । राष्टपति सिबाट हुने नेपाल भ्रमण नेपालको कूटनीतिक क्षेत्रमा एक महत्वपूर्ण क्षणका रुपमा रहने धारणा पनि उनले राखे ।


उक्त सम्मेलनमा विश्वका विभिन्न देशका सहभागीहरुले तिब्बतको बृहत्तर क्षेत्रको महत्वलाई उजागर गर्न चीन सरकारले शुरु गरेको खुला तिब्बत अवधारणाको प्रशंसा गरेका थिए ।
सम्मेलनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा तिब्बत जनसकारका उपप्रमुखले सम्बोधन गरेका थिए । जनवादी गणतन्त्र चीन सरकारको राज्य परिषद कार्यालयद्धारा आयोजित यस सम्मेलनमा विश्वका ३८ देशका वैज्ञानिक, पत्रकार, कूटनीतिक क्षेत्रका जानकार एवम् विभिन्न क्षेत्रका व्यक्तित्वहरु गरी ७६ जनाको सहभागिता थियो । त्यति नै संख्यामा चिनियाँ विशिष्ठ व्यक्तित्वको सहभागिता थियो ।