७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको सहज जित, रोहितले हाने दोस्रो शतक



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानमाथि भारतले सहज जित हात पारेको छ । आइतबार बेलुका भएको खेलमा भारतले पाकिस्तानलाई डक अफ लुइस मेथडका आधारमा ८९ रनले पराजित गरेको हो ।

भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएर खेलिरहेको अवस्थामा पानी पर्न सुरु भएको थियो । केही समयपछि खेल पुनः सुचारु भयो । ४० ओभरमा झारिएको खेलमा पाकिस्तानले डकवर्थ एन्ड लेविस नियमका आधारमा ३०२ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा २१२ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान फाखर जामनले ६२ रन बनाए । यसैगरी बाबर आजमले ४८, इमाद वासिमले अविजित ४६, सदाव खानले २० र कप्तान सरफराज अहमदले १२ रन बनाए । भारतका कुलदीप यादव, हार्दिक पाण्ड्या र विजय शंकरले २/२ विकेट हात पारे ।

यसअघि ओल्ड ट्राफोर्डमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले वर्षाले प्रभावित खेलमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको छ । भारतको पारीमा ४६.४ ओभरमा पानीले खेल रोकिएको थियो तर, वर्षा रोकिएपछि ओभर घटाइएन, भारत नै ब्याटिङमा आयो । भारतको सुरुवात राम्रो रहृयो । रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गरे । शर्माले १४० रन बनाए । जारी विश्वकपमा रोहितको दोस्रो शतक हो । यसअघि उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए । उनले उक्त खेलमा १२२ रन बनाएका थिए । यससँगै रोहितले एकदिवसीय क्रिकेटमा आफ्नो शतक संख्या २३ पु¥याएका छन् ।

कप्तान विराट कोहलीले ७७ रन बनाए ।उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन बनाउने खेलाडी पनि बनेका छन् । उनले २३० खेलको २२२ पालीबाट यो कोसेढुंगा बनाएका हुन् । यसअघि यो कीर्तिमान सचिन तेन्दुल्करको नाममा थियो । उनले २७६ पालीमा ११ हजार रन पूरा गरेका थिए ।

यसैगरी भारतका लोकेश राहुलले ५७, हार्दिक पाण्ड्याले २६ र विजय शंकरले १५ रन बनाए ।

राहुल ५७ रनमा आउट भए । पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट हात पारे ।