• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा

भूकम्पले भत्काएको रानीपोखरी कहिले निमार्ण हुन्छ ? यस्तो छ प्राधिकरणको धारणा



काठमाडौं । पसिना छुटाउने मध्य दिनको चर्को घाम । राजधानी काठमाडौँको पोखरीमा हुलका हुल महिला धमाधम भित्ता सम्याउँदै र खुट्टाले माटो मुछ्दै छन् । प्राकृतिक मिश्रण बज्र तयार हुँदै छ । इँटा पखालिँदै छ ।

राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरी २०७२ सालको भूकम्पले भत्कियो । पुनःनिर्माण गर्न लाग्दा केही समयअघि विवाद पनि देखियो तर अहिले भक्तपुरका कामदार आएपछि काम धमाधम भइरहेको छ । “सुरुमा आउँदा यहाँ हामीजत्रै घाँस र गन्हाउने फोहोर धेरै थियो, मरेका कुकुर पनि फाल्यौँ,” माटो मुछ्दै शर्मिला नापितले भने, “अब पोखरीको रूप सिँगार्दै छौँ । ”

पुरानै शैलीमा पोखरी बनाउन भक्तपुरको सिद्धपोखरी र भाजुपोखरी निर्माणको काम हेरेपछि उतैको प्राविधिक सहयोग लिइएको हो । माटोको पिँधबाट पानी बस्छ, बस्दैन भन्ने थाहा पाउन बनाएको नमुना पोखरीमा पानी जमेपछि त्यहीअनुसार बनाउन थालिएको छ ।

पोखरी र पर्खालका लागि नौ करोड ९७ लाख रुपियाँ बजेट छ । जसमध्ये हालसम्म एक करोड ४२ लाख रुपियाँ खर्च भएको छ । आउँदो भाइटीकासम्म पोखरीमा पानी राख्ने योजना प्राधिकरणको रहेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।