७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक गर्मी र ‘लू’का कारण चौबिस घण्टामा ६६ मानिसको मृत्यु



अ+ अ-

काठमाडौं । भीषण गर्मी र लूको कारणले शनिवार बिहारमा ६६ मानिसको मृत्यु भएको छ । मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन् ।

लूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको थिए । प्रदेशका विभिन्न अस्पतालमा अझै पनि १ सय विरामीको उपचार भइरहेको जानकारी छ । सरकारले अस्पताललाई हाई अलर्टमा राखेको छ ।

केन्द्रीय स्वास्थ मन्त्री डा.हर्षवर्धन गर्मीमा कमी नआएसम्म घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन् ।

बिरामीमा १०८ डिग्रीसम्मको ज्वरो

डाक्टरका अनुसार ‘लू’ बाट प्रभावितहरुमा भाइरल ज्वरो आएको थियो । मर्ने मध्य अधिकाशं विरामीमा १०२ देखि १०८ डिग्री फरेनहाइट ज्वरो थियो ।

१०८ ज्वरो अत्यन्त खतरनाक अवस्था हो । त्यति ज्वरोको साथ अस्पताल आएका विरामी केही मिनेटमै मरेका थिए ।

दिउँसो २ देखि ५ बजे बीच सबैभन्दा बढी मृत्यु

विरामीका उपचारमा संलग्न डाक्टर भी के प्रसादले उपचारको दौरान आफ्नो अस्पतालमा १५ मानिसको मृत्यु भएको बताए ।

विरामीलाई कडा ज्वारो, वान्ता आउने, टाउको दुख्ने, ज्यान दुख्नेजस्ता समस्यासहित आएका थिए ।

डा. प्रसादका अनुसार अधिकांश मृत्यु दिउँसो २ देखि ५ बजेबीच भयो ।

५२ वर्ष यताकै उच्च तापक्रम

शनिबार बिहारको तापक्रम अत्यधिक बढी थियो । यस कारण पनि लूको तीव्रता बढी छ ।

शनिवार पटनाको अधिकतम तापक्रम ४५.८ डिग्री थियो । यो तापमान सामान्यभन्दा ९ डिग्री बढी हो ।

सो दिन न्यूनतम तापक्रम पनि सामान्यभन्दा ४ डिग्री बढी रह्यो । पछिल्लो ४८ घण्टामा अधिकतम तापमानमा अधिकतम तापक्रममा ४.४ डिग्रीको वृद्धि देखियो ।

यो स्तरमा पटनाको अधिकतम तापक्रम दर्ता भएको सबैभन्दा उच्च तापक्रमलाई पनि उछिन्ने मार्गमा रहेको अनुमान गरिएको छ । पटनामा सन् १९६६ जुन ९ मा अहिलेसम्मकै उच्च ४६.६ डिग्री तापक्रम मापन गरिएको थियो ।

मृतक परिवारलाई ४ लाख सहयोग

विहारका मुख्यमन्त्री नीतिश कुमारले औरङ्गाबाद, गया र नवदामा भीषण गर्मी र लूको कारण मृत्यु भएका प्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई ४/४ लाख भारु मुआव्जा दिने बाचा गरेका छन् ।