७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान



अ+ अ-

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुवास खड्काको कुर्सीमा बस्ने म्यानपावर व्यवसायीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष २५ को हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि आदेश दिएको हो ।

‘प्रहरीको मान्छे’ भन्दै बिर्तामोड क्षेत्रका होटल व्यवसायीलाई आतंकित पार्ने गुरुङलाई इलाका प्रहरीले बैशाख ३१ गते आइतबार पक्राउ गरेको थियो । इलाका प्रहरी अनारमनीका डीएसपी खड्का बस्ने कुर्सीमा बसेको तस्बिर देखाउँदै गुरुङले सर्वसाधारणलाई आतंकित पार्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार गुरुङमाथि साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको थियो ।

डीएसपीको कुर्सीमा अर्कै मान्छे बसेको तस्बिरसहित समाचार सार्वजनिक भएपछि तत्कालिन इप्रका बिर्तामोडका प्रमुख डीएसपी खड्का विभागीय कारबाहीमा परेका छन् ।

यसअघि गत वैशाख २ गते मेचीनगर ६ का १५ वर्षीय किशोर किरण कार्की डोलीको हिरासतमा मृत्यु घटनाका कारण खड्का विवादित थिए ।