३० जेष्ठ २०८३, शनिबार
,
Latest
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान



अ+ अ-

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुवास खड्काको कुर्सीमा बस्ने म्यानपावर व्यवसायीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष २५ को हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि आदेश दिएको हो ।

‘प्रहरीको मान्छे’ भन्दै बिर्तामोड क्षेत्रका होटल व्यवसायीलाई आतंकित पार्ने गुरुङलाई इलाका प्रहरीले बैशाख ३१ गते आइतबार पक्राउ गरेको थियो । इलाका प्रहरी अनारमनीका डीएसपी खड्का बस्ने कुर्सीमा बसेको तस्बिर देखाउँदै गुरुङले सर्वसाधारणलाई आतंकित पार्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार गुरुङमाथि साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको थियो ।

डीएसपीको कुर्सीमा अर्कै मान्छे बसेको तस्बिरसहित समाचार सार्वजनिक भएपछि तत्कालिन इप्रका बिर्तामोडका प्रमुख डीएसपी खड्का विभागीय कारबाहीमा परेका छन् ।

यसअघि गत वैशाख २ गते मेचीनगर ६ का १५ वर्षीय किशोर किरण कार्की डोलीको हिरासतमा मृत्यु घटनाका कारण खड्का विवादित थिए ।