३० जेष्ठ २०८३, शनिबार
,
Latest
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि सेवा आयोगको गेटमा तालाबन्दी



अ+ अ-

काठमाडौं । त्रिवि सेवा आयोग विरुद्द अनसनमा बसेका विद्यार्थीले मुलगेटमै तालाबन्दी गरेका छन् । एक महिनादेखि आयोगको मुल गेटमा अनसन बसिरहेका विद्यार्थीले आजदेखि पदाधिकारीलाई प्रवेशमा रोक लगाउने भन्दै तालाबन्दी गरेका हुन् ।

त्रिविस्थित आयोग परिसरमा ३० दिनदेखि अनशन बस्दा पनि माग सुनुवाइ नभएको विद्यार्थीले तालाबन्दी गरेका हुन ।

परिक्षा खारेजीको माग गर्दै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकमारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अनसनमा बसेका थिए ।

उनीहरूले ‘भ्रष्ट पदाधिकारी’ लाई बर्खास्त गर्नुपर्ने र अनियमित तरिकाले लिएको परीक्षाको नतिजा रद्द गर्नुपर्नेलगायत माग राखेकाछन् ।

कर्मचारीको परिक्षामा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, अन्य पदाधिकारी र विद्यार्थी नेताकासमेत आफन्तको नाम निकालेको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको छ । उजुरी परेपछि अख्तियारले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएपनि सेवा आयोगले लिखितमा नाम निकालेका परिक्षार्थीको मौखिक परिक्षा लिइसकेको छ ।