६ आश्विन २०८१, आईतवार
,
Latest
रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति रविलाई पक्राउको हल्लाले पार्टी कार्यालयमा कार्यकर्ताको भिड मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुवनेश्वर कुमार तीन खेलसम्म मैदान बाहिर रहने, उनको ठाँउमा शामी आउदै



अ+ अ-

काठमाडौं । पाकिस्तानविरुद्धको खेलमा चोटग्रस्त भएका भारतीय क्रिकेट टिमका मुख्य खेलाडी तथा ओपनर बलर भुवनेश्वर कुमार करिब तीन खेलसम्म मैदान बाहिर नै रहने भएका छन् ।

कप्तान विराट कोहलीको भनाइअनुसार अब उनले अब करिब तीन खेल गुमाउने छन् । कप्तान कोहलीले भनेका छन्, ‘बलिङ गर्ने क्रममा उनको खुट्टा चिप्लिएको हो । उनलाई आरामको आवश्यक छ । आशा छ उनी छिट्टै निको हुनेछन् । उनले तीनभन्दा धेरै खेल गुमाउने छैनन् ।’

भुवनेश्वरको स्थानमा अब मोहम्मद शामीले स्थान पाउने छन् । आईपीएलमा निकै लयमा देखिएका शामी विश्वकपमा भने बेन्चमै बस्दै आएका थिए ।

पाकिस्तानविरुद्धको खेलमा भुवनेश्वर बलिङ गर्ने क्रममा चोटग्रस्त भएपछि उनले पूरै ओभर बलिङ गर्न पाएनन् । २.४ ओभर बलिङ गरेका भुवनेश्वरले पाकिस्तानविरुद्ध ८ रन मात्रै खर्चिएका थिए ।

यता औंलामा चोट लागेपछि शिखर धवन ३ साताका लागि मैदान रहेका छन् । धवनको औंला फ्याक्चर भएकाले उनले पाकिस्तानविरूद्धको खेल गुमाउएका थिए ।

अष्ट्रेलियाविरुद्धको खेलको क्रममा बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।चोटका कारण उनी फिल्डिङका लागि मैदानमा आएका थिएनन। उनको सट्टा रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए।


धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । उनले ११७ रन बनाएका थिए। यस पारीका लागि उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, महेन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।