६ आश्विन २०८१, आईतवार
,
Latest
रवि निगरानीमा, प्रतिवेदन अध्यायन भै रहेको छ: प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा जम्मा हुन रास्वपाको सर्कुलर मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी पाराग्वे र कतारविरुद्ध उत्कृष्ठ नतिजा निकाल्ने दाउमा छन्



अ+ अ-

काठमाडौं । लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भयो ।

समुह बी अन्तर्गत भएको पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २–० गोलले पराजित भएको हो । कोलोम्बियाको लागि रोजर मार्टिन्ज र डुभान जापाटले एक एक गोल गरेका थिए ।

पहिलो हाफ बराबरी खेलेको अर्जेन्टिनाले दुबै गोल दोस्रो हाफमा खाएको हो । निकै नै कमजोर खेल प्रर्दशन गरेको अर्जोन्टिनाले पाएको मौकालाई सदुपयोग गर्न सकेन। खेलको ७१ औं मिनेटमा नै अर्जोन्टिनाले गोल खायो । कोलोम्बियाका रोजर मार्टिनलेअर्जेन्टिनाका दूईजना डिफेन्डरलाई बिट गर्दै बक्स लाइनबाट हानेको प्रहारले सोझै जाली चुमेपछि कोलम्बियाले खेलमा १–० ले अग्रता लियो ।

पहिलो गोल गरेपछि निकै नै आक्रमक खेल खेलेको कोलोम्बियाले ८६ मिनेटमा अर्के गोल गर्यो । उसका लागि बैकल्पिक रुपमा मैदान पसेका डुभान जापाटले अर्के गोल गर्दै अग्रता २–० पुर्याए । बाँकी समयमा अर्जेन्टिनाले गोल गर्न नसक्दा कोलोम्बियाले २–० को जित हात पारेको हो ।

चार फाइनलपछि पनि ठूलो उपाधि जित्ने सपना अधुरै रहेका मेस्सी र टिमका लागि यो हार अझ ठूलो धक्काका रूपमा आएको छ ।

विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । अर्जेन्टिनी टिममा विश्वप्रसिद्ध फुटबल खेलाडी रहेका छन् । स्पेनी क्लब बार्सिलोनाका फर्वार्ड समेत रहेका मेस्सी सहित म्यान्चेस्टर सिटीका फर्वार्ड सर्जियो अग्वेरो र पेरिस सेन्ट जर्माइनका फर्वार्ड एन्जेल डी मारिया पनि अर्जेन्टिनी अग्रपंक्तिमा थिए । खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै अग्वेरोले हामीले यस्तो शुरुआत चाहेका थिएनौं भने ।

‘पक्कै पनि हामी प्रतियोगिताको सुरुआत यसरी गर्न चाहन्न थियौं, अब हामीले लिगका बाँकी खेलमा राम्रो गर्नुपर्छ,’ अग्वेरोले भने ।

मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु स्वाभाविक भएको बताए । उनले अर्जेन्टिनाले गोल गर्ने अवसर पाएको तर त्यसलाई गोलमा परिणत गर्न नसकेको बताए ।

‘हामी निकै नरमाइलो महसुस गर्दै छौं,’ मेसीले समूह ‘बी’ को खेलपछि भने, ‘दोस्रो हाफमा हामीले मौका सिर्जना गरेका थियौं, त्यो निर्णायक रहेन ।’ अर्जेन्टिनाले सिर्जना गरेका ती मौकामध्ये एक मेस्सीको नाममा पनि रह्यो, तर कोलम्बियाली गोलरक्षक डेबिड ओसपिनाले त्यसमा बचाउ गरे । अर्जेन्टिनाले खेलमा आफ्नो आधिपत्य कायम गरेपछि ओसपिनाविरुद्ध गम्भीर चुनौती भने पेस गर्न सकेन र नतिजा हार रह्यो ।

अर्जेन्टिनाले पाराग्वे र पाहुना टिम कतारविरुद्ध आफूअनुकूल नतिजा निकाल्ने हो भने अझै पनि नकआउट चरणको यात्रा सम्भव देखिन्छ ।