१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : टस हारेर वेष्ट इन्डिज ब्याटिङ गर्दै



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले टस हारेर ब्याटिङ थालेको छ ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा बंगलादेशले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि वेष्ट इन्डिजले ब्याटिङको निम्तो पाएको हो । बंगलादेश र वेष्ट इन्डिज दुबै टिम जित हात पार्ने लक्ष्यमा छन् ।

दुवै टोलीले आज विश्वकपमा पाँचौं खेल खेल्दैछन् । दुवैले तीन तीन अंक बनाएका छन् । वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र बंगलादेश आठौं स्थानमा छ । यी दुवै टोलीले एक एक खेल जितेका छन् । एक एक खेलमा हार खेपेका दुवै टोलीको एक एक खेल बर्षाका कारण रद्ध भएको थियो ।

विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको इतिहास निकै लामो र गौरवशाली छ भने बंगलादेशको विश्वकपमा यो केवल छैटौं सहभागिता हो।

वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा विश्वकपको उपाधि जितिसकेको छ। इङ्ल्यान्डले भने हालसम्म विश्वकप जित्न सकेको छैन। वेस्ट इन्डिज तेस्रो संस्करणको फाइनलमा पराजित भएको थियो । छैटौं पटक विश्वकपमा सहभागिता जनाई रहेको बंगलादेश क्वार्टरफाइनल माथि जान सकेको छैन ।बंगलादेश सन् २००७ मा सुपर एट चरण र सन् २०१५ मा क्वार्टरफाइनलसम्म पुगेको थियो।

यी दुई टोली हालसम्म एकदिवसीय क्रिकेटमा ३७ पटक आपसमा भिडेका छन्। २१ खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने १४ खेलको नतिजालाई बंगलादेशले आफ्नो पक्षमा पारेको छ। दुई खेल भने अनिर्णित रूपमा सकिएको छ।

जासन होल्डरको कप्तानीमा रहेको वेस्ट इन्डिज र मसरफे मोर्तजाको कप्तानीमा रहेको बंगलादेशको स्तर समान छ । त्यसैले अघिल्लो चरणमा पुग्न आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन मिराज, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्पिmक्यर रहिम, मुस्ताफिजुर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, ओशेन थोमस, स्यानन गाबि्रयल ।