१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भारतबाट आउने मालवाहक गाडीलाई चेकजाँच नगर्न गृहमन्त्रीको ठाडो निर्देशन

भारतबाट आउने मालवाहक  गाडीलाई चेकजाँच नगर्न गृहमन्त्रीको ठाडो निर्देशन
अ अ+ अ-

काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल आउने मालवाहक सवारी चेकजाँच नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

पर्सामा भारतीय सवारीलाई चेकजाँच गरेर ७ वटा गाडी भन्सार कार्यालयमा बुझाइएपछि मन्त्रालयले सवारी साधानको निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको हो ।

ट्राफिक प्रहरीले भारतीय सवारीलाई चेकजाँच गरेको, रोकेको, अनावश्यक दुःख दिएको लिखित तथा मौखिक गुनासो आएको भन्दै थापाले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएका हुन्। यो निर्देशन तराईका २२ जिल्लामा लागू हुने गृह मन्त्रालयले जनाएको छ।

गत वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधन जाँच गर्ने, भारवहन क्षमता परीक्षण गर्ने काम प्रहरीले गरिरहेको उल्लेख गर्दै सो काम सम्बद्ध निकायलाई नै गर्न निर्देशन दिइएको छ। यो निर्णय कार्यान्वयन गर्न जेठ २ गते गृहले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गरिएको छ।

गृहले एउटै व्यहोराको पत्र झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयमा सम्प्रेषण गरिएको छ ।

मन्त्रायलको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अधिकृत दीपक पौडेलले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘नियामक निकायको समन्वय र अनुरोधविना क्षेत्राधिकार विपरित रोक्ने, दुःख हैरानी दिने कार्य काहीँ कतैबाट नगर्न, नगराउनु हुन गृहमन्त्री स्तरीय निर्णयानुसार अनुरोध छ ।’

पत्रको बोद्यार्थ प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बलको मुख्यालय, हल्चोकमा पनि पठाइएको छ ।

कच्चा पदार्थको ढुवानी साधानको भारवहन क्षमता सडकको क्षमताभन्दा बढी भएको सन्दर्भमा त्यसको अनुगमन–नियमन सडक तथा यातायात नियमन निकायबाट गरिनु कानुन सम्मत हुने दाबी पनि पत्रमा गरिएको छ ।

भारतबाट आउने सवारीलाई सशस्त्र प्रहरीले भन्सारमा जाँच गर्दै आएको छ।

नेपाल प्रहरीले प्रज्ञापन पत्र र जाँचपास हुँदा चेकजाँच गर्दै आएको छ। नक्कली प्रज्ञापन पत्र बनाई भन्सार जाँचपास व्यापक हुने गरेको भन्दै प्रहरीले चेकजाँच गर्ने गरेको छ।

सडकको भारवहन क्षमताभन्दा बढी बोक्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोक्दै सडकमै कारबाही गर्दै आएको छ।