१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बजेट कनिका छरेजस्तो मात्र भयो– सांसद ढकाल

बजेट कनिका छरेजस्तो मात्र भयो– सांसद ढकाल
अ अ+ अ-

काठमाडौँ । राजपाकी सांसद नरमाया ढकालले वर्तमान बजेटले केही कार्यक्रमहरु ल्याउन खोजेको भए पनि त्यो कनिका छरेजस्तो मात्र भएको आरोप लगाएकी छिन् ।


बजेटमाथिको छलफलका क्रममा संसदमा बोल्दै उनले भनिन्– सरकारले कार्यक्रमको घोषणा गरेको छ, विगतका केही कार्यक्रमहरुलाई निरन्तरता पनि दिएको छ तर त्यो कुनै पनि शीर्षकमा पर्याप्त छैन, कनिका छरेजस्तो मात्र देखिन्छ ।


उनले गरिवसँग विश्वेश्वर कार्यक्रम राम्रो रहेको, यसका कारण देशमा गरिबी निवारणका लागि र गरिबीको रेखामुनी रहेका नागरिकलाई पनि राम्रो टेवा पुर्याएको भए पनि यस वर्षको बजेटमा सातै प्रदेशमा २४ करोड ९४ लाख रुपैयाँ मात्र बिनीयोजन गरेबाट यो प्रयाप्त त छैन नै बरु कनिका छरेजस्तो गरेर मात्र बजेट राखिएको महसुश आफूले गरेको ढकालले बताइन् ।


यस कार्यक्रममा बढीभन्दा बढी बजेट विनियोजन गर्न पनि उनले माग गरिन् । उनले मुक्त कमैया, मुक्त हलिया सुकुम्बासी लगायत सबै भूमिहीन र सिमांतिकृत परिवारहरुको बसोबास व्यवस्थित गरिने छ भनेर बजेट वक्तव्यमा आएको तर पनि मन्त्रालय अन्तर्गतको यस शीर्षकमा बजेट भने पर्याप्त मात्रामा राखिएको, उक्त रकम हेर्दा भ्रमण भत्तामा मात्र सकिने जस्तो देखिएको भन्दै ती सम्बन्धित पीडित जनतासम्म पुग्नेगरी बजेट ल्याइयोस भनी माग गरिन् ।
सांसद ढकालले प्रधानमन्त्रीले एक वर्षमा १२६ ओटा कानून बनाएको भनी त्यसलाई आफूले हासिल गरेको ठूलो सफलताको रुपमा प्रचार गरेको तर १० महिना वितीसक्दा पनि नागरिकता विधेयक ल्याउने पहल नगरेको र त्यसका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीकै पनि पहल नदेखिएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।


उनले हिंसा पीडित महिला, एकल महिला, अपांगता भएका व्यक्ति, दलित, जनजाती बालबालिका र जेष्ठ नागरिकलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराइने भन्ने कुरा बजेट वक्तव्यमा आएको तर पनि त्यसका लागि आवश्यक बजेट बिनीयोजन गरेको नदेखिएको र त्यसका लागि सम्बधित मन्त्रालयले कार्यबिधी पनि नबनाएकोले यसबाट उक्त कार्यक्रमको सफलतामा प्रश्न चिन्ह लाग्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।