१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भक्तपुरमा तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई कारवाही

भक्तपुरमा तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई कारवाही
अ अ+ अ-
packed micro bus old bus park

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई आज नियन्त्रणमा लिई कारवाही गरेको छ ।

प्रहरीले यही असार १ गतेदेखि लागू गरेको ‘सडक सुरक्षा विशेष अभियान’ अन्तर्गत अरनिको राजमार्ग खण्ड जडीबुटीदेखि साँगासम्ममा गुड्ने सवारी साधनका लागि निर्धारण गरेका ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढी गतिमा सवारी साधन चलाउने सवारी सवारी साधनलाई कारवाही गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

तीव्र गतिमा चलाउने सवारी साधनलाई लेजरगनको सहायताले नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिएको उनले जानकारी दिए । भक्तपुर ट्राफिकले चालू आवको ११ महीनामा अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि साँगासम्म चल्ने सात हजार ६३९ सवारी साधनलाई कारवाही गरी रु ५१ लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको छ । सो सडकमा यो अवधिमा ५७६ सवारी दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरी गर्ने पक्राउ

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोटबाट चार जनालाई पक्राउ गरेको छ । बालकोट प्रहरी प्रभागको टोलीले गएराति मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहटका १८ वर्षीय दर्शन गौतमलगायत चार जनालाई पक्राउ गरेको हो ।

बालकोटको धर्मराज भुसालको घर कम्पाउण्डभित्र पार्किङ गरिराखेको बा९७प १२१५ नंको मोटरसाइकल चोरी गरी लाँदै गरेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।