७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई कारवाही



अ+ अ-
packed micro bus old bus park

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई आज नियन्त्रणमा लिई कारवाही गरेको छ ।

प्रहरीले यही असार १ गतेदेखि लागू गरेको ‘सडक सुरक्षा विशेष अभियान’ अन्तर्गत अरनिको राजमार्ग खण्ड जडीबुटीदेखि साँगासम्ममा गुड्ने सवारी साधनका लागि निर्धारण गरेका ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढी गतिमा सवारी साधन चलाउने सवारी सवारी साधनलाई कारवाही गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

तीव्र गतिमा चलाउने सवारी साधनलाई लेजरगनको सहायताले नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिएको उनले जानकारी दिए । भक्तपुर ट्राफिकले चालू आवको ११ महीनामा अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि साँगासम्म चल्ने सात हजार ६३९ सवारी साधनलाई कारवाही गरी रु ५१ लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको छ । सो सडकमा यो अवधिमा ५७६ सवारी दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरी गर्ने पक्राउ

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोटबाट चार जनालाई पक्राउ गरेको छ । बालकोट प्रहरी प्रभागको टोलीले गएराति मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहटका १८ वर्षीय दर्शन गौतमलगायत चार जनालाई पक्राउ गरेको हो ।

बालकोटको धर्मराज भुसालको घर कम्पाउण्डभित्र पार्किङ गरिराखेको बा९७प १२१५ नंको मोटरसाइकल चोरी गरी लाँदै गरेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।