१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का

निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का
अ अ+ अ-

कैलाली । टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् ।

रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् ।

सडक निर्माणका क्रममा प्रयोग गर्ने माटोको ल्याब परीक्षण गर्नुपर्नेमा निर्माण पक्षले त्यसो नगरेको पाइएको छ । माटोको ल्याब परीक्षण नगरेरै निर्माण पक्षले सडकको अधिकांश भागमा माटो पटानी गरेको छ ।

स्थानीय बासिन्दा शिवदत्त उप्रेतीले सडकमा बिछ्याएको माटो बलौटे भएको बताए । उनले बलौटे माटो प्रयोग गर्दा सडक गुणस्तरीय हुनेमा शङ्का उब्जिएको बताए । “सडकभरि बालुवा मिसिएको माटो बिछ्याइएको छ”, उनले भने, “यसले सडक बलियो होलाजस्तो लाग्दैन ।”

सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर त्रिलोक जोशीले सडकमा प्रयोग भएको माटोको ल्याब परीक्षण नभएको बताए । उनले निर्माण पक्षले अनिवार्य दुईपटक माटोको ल्याब परीक्षण गर्नुपर्ने प्रावधान रहेको जानकारी दिए । प्रावधानअनुसार सडक निर्माणमा प्रयोग गर्नुभन्दा पहिले र निर्माण गरिसकेपछि स्थलगतरूपमा माटोको परीक्षण गरिन्छ ।

“माटोको ल्याब परीक्षण गरेर उपयुक्त भए मात्रै सडक निर्माणमा प्रयोग गर्न पाइन्छ”, उनले भने, “अहिलेसम्म माटोको ल्याब परीक्षण भएको छैन, हामी त्यसको पर्खाइमा छौँ ।” उनले माटोको ल्याब परीक्षण गर्दा अनुपयुक्त भए ठेकेदारले सडकमा बिछ्याएको सबै माटो उठाउनुपर्ने बताए । उनले सडकमा बलौटे माटो प्रयोग भएको बारेमा जनगुनासो आएको बताए।

प्राविधिकका अनुसार निर्माण पक्षले सडक निर्माणका क्रममा बिछ्याएको माटो रोलिङ गर्नुपर्ने हो । बीस देखि २५ सेन्टिमिटर माटो बिछ्याएपछि अनिवार्य रोलिङ गर्नुपर्ने प्रावधान छ । तर, निर्माण पक्षले करीब दुई फिट माटो बिछ्याउँदासम्म पनि रोलिङ गरेको छैन ।
स्थानीयवासीले सडक निर्माणको काम लापरवाही ढङ्गले शुरु भएको आरोप लगाएका छन् जसका कारण उनीहरु सडक निर्माणको काम गुणस्तरीय हुनेमा शङ्का गर्न थालेका छन् । “अन्धाधुन्ध सडकमा माटो फालेको छ”, एक स्थानीयवासीले भने, “निर्माण पक्षले जिम्मेवार ढङ्गले काम शुरु गरेको देखिँदैन ।”

निर्माण पक्षले आयोजनाका बारेमा विवरणसहितको सार्वजनिक सूचनासमेत जारी गरेको छैन । कुनै पनि आयोजनाको आवश्यक जानकारीसहितको सूचना सार्वजनिकस्थलमा टाँस गर्नुपर्ने प्रावधान छ ।

स्थानीयवासीका अनुसार कुनै पनि स्थानमा त्यस्तो सार्वजनिक सूचना देखिएको छैन । स्थानीयवासी टेकनारायण पौडेलले निर्माणसम्बन्धी कुनै सार्वजनिक जानकारी नदिइएको बताए । “निर्माणका बारेमा सूचना दिनुपर्ने होला तर त्यस्तो सूचना कहीँकतै छैन”, उहाँले भन्नुभयो, “सडक निर्माण कसरी भइरहेको छ भन्ने बारेमा हामीले जान्न पाउनुपर्छ ।”

सडक निर्माणको प्रभावकारी अनुगमनसमेत हुननसकेको स्थानीयवासीको आरोप छ । कुनै पनि पक्षले सडक निर्माणको काममा ध्यान नदिएको उनीहरूले बताए । तर, सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर जोशीले भने प्राविधिक टोली सडक निर्माणस्थलमा खटिएको जानकारी दिए ।

टीकापुर नगरपालिकाले सडक निर्माणको काममा समन्वय गर्ने अधिकार मात्रै छ । उसलाई सडक निर्माणको अनुगमन गर्ने अधिकार छैन । तैपनि सडक निर्माणको गुणस्तरीयताप्रति नगरपालिकाको ध्यानाकर्षण हुने नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए । “यो सङ्घीय योजना हो, हामीले अनुगमन गर्न मिल्दैन”, उनले भने, “तैपनि सडकको गुणस्तरीयताप्रति हाम्रो ध्यानाकर्षण हुने गर्छ ।”