७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रधानमन्त्रीको जवाफमा कांग्रेसको अवरोध, बैठक स्थगित



अ+ अ-


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका कारण आज संसदमा आफ्नो धारणा राख्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएका छैनन् ।
प्रधानमन्त्री ओलीले आज मध्यान्ह १२ बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

सोही बमोजिम केही ढिलागरी प्रधानमन्त्री ओली संसदमा पुगेका थिए । उनले युरोप भ्रमणको बारेमा जानकारी गराउने कार्यक्रम थियो । तर पनि त्यस बाहेक काँग्रेसले भने समसामयिक विषयमा अथवा गुठी विधेयकका बारेमा जानकारी दिनुपर्ने अडान राखेको छ । तर, बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिए । अरु बेला यसरी विरोध गरेपछि एक जनालाई बोल्न दिने गरिन्थ्यो ।


तर मंगलबार सभामुखले प्रधानमन्त्रीले बोल्न समय मागेको भन्दै समय दिए । कांग्रेस सांसदहरुले ढ्यापढ्याप पार्दै प्रतिपक्षको कुरा सुन्न आग्रह गरे । तर सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताएका थिए । त्यसपछि काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । तर प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु हृवेल घेराउ गर्न आए ।

संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै विपक्षी सांसदहरुले नाराबाजी गरेपछि संसद स्थगित भयो । त्यसपछि सभामुखले संसद बैठक नै स्थगित गरेर । उनले अर्को बैठक भोलि ४ बजे राखिएको जनाए ।