७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री



अ+ अ-


काठमाडौं । आज निर्धारित समयमा आफूले संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले आज अपरान्ह ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रमुख विपक्षीको अवरोध गर्दै संसदमा सम्बोधन गर्न नलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएको सो कार्यालयले जानकारी दिएको छ ।

मंगलबार मध्यान्ह करिब १२ बजे संसदमा सम्बोधन गर्न रोष्टममा पुगिसकेका बेला विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । त्यसपछि सभामुखले भोलिसम्मका लागि संसद बैठक स्थगित गरेका थिए ।
प्रधानमन्त्री ओलीले कांग्रेसको अवरोधका कारण आफूले युरोप भ्रमण र गुठी विधेयक लगायत समसामयिक विषयमा सदनलाई जानकारी दिन नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।