१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मह सङ्कलन केन्द्र निर्माण

मह सङ्कलन केन्द्र निर्माण
अ अ+ अ-

काठमाडौं । चितवनका तीन स्थानीय तहमा मह सङ्कलन केन्द्र निर्माण गरिएको छ । नेपाली महको बजारीकरण र बाह्य महसँग प्रतिस्पर्धा गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मौरी जोन) चितवनको अनुदान सहयोगमा केन्द्र स्थापना गरिएको हो । खैरहनी, राप्ती र कालिका नगरपालिकामा एक÷एक सङ्कलन केन्द्र निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ९मौरी जोन० चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सेनाले जानकारी दिनुभयो ।

केन्द्र निर्माणका लागि कार्यालयले तीन स्थानीय तहमा ३४ लाख अनुदान सहयोग गरेको छ । मौरी किसान समिति र समूहको कम्तीमा १५ प्रतिशत सहभागिता रहने गरी केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । “उत्पादन गरिएको महको लटअनुसार प्रशोधन गरेर नेपाल गुणस्तरको लोगो लगाई बजारमा मह उपलब्ध गराउनु केन्द्रको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “यसले सहज बजारीकण र बाह्य प्रतिस्पर्धामा सहयोग पु¥याउँछ ।

” शुरुआतको चरणमा केन्द्रमार्फत तीन स्थानीय तहका करीब डेढ सय किसान लाभान्वित हुने तिमिल्सेनाले जानकारी दिनुभयो । सङ्कलन केन्द्रको प्रभावकारिता हेरेर मौरी जोनमार्फत आगामी वर्ष योभन्दा ठूला मह सङ्कलन केन्द्र स्थापना गरिने उहाँको भनाइ थियो । सङ्कलन केन्द्र स्थापनासँगै कार्यालयले मह सङ्कलन हुने क्षेत्रका किसानलाई मेशिनरी औजार वितरण, तालीमलगायतका कार्यक्रम सञ्चालन गरेको छ ।

मौरी जोनअन्तर्गत पाँच समूहका ५५ कृषि फार्म र २१० जना व्यावसायिक मौरीपालक किसान आबद्ध छन् । आर्थिक वर्ष २०७५÷७६ बाट चितवनलाई नेपालकै पहिलो मौरी जोन घोषणा गरिएको हो । चितवनका चार स्थानीय तह र मकवानपुरको राक्सिराङ गाउँपालिकामा मौरी जोनअन्तर्गतका कार्यक्रम सञ्चालनमा छन् । मौरी जोन सञ्चालनका लागि किसानहरुको नौ सदस्यीय सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको छ । चितवनमा वार्षिक ८०० मेट्रिक टन मह उत्पादन हुन्छ ।