१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि

कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि
अ अ+ अ-

काठमाडौं । कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ । प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा चालु आर्थिक वर्षमा ३४ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । चालु आवको समीक्षा गर्नुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, सिञ्जा, पञ्चकोशी, कुभिण्डे दहलगायतका स्थलमा पर्यटक अघिल्ला वर्षभन्दा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

“पर्यटकीय स्थलको संरक्षण तथा सम्वद्र्धन, स्तरोन्नति, पर्यटन सडक र पदमार्ग निर्माण कार्य कार्यान्वयनकै चरणमा छन्”, बजेट वक्तव्यमा भनिएको छ, “कर्णाली रारा पर्यटन वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै रारा राष्ट्रिय पर्यटन गन्तव्यको अभियान तथा ‘विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली’ भन्ने मूल ध्येयलाई सार्थक बनाउन प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिनेछ ।” प्रदेश सरकारले आथिर्क वर्ष २०७६÷७७ मा ‘कर्णाली समृद्धिको आधार : पर्यटन विकास र पूर्वाधार’ भन्ने लक्ष्यका साथ कर्णाली पर्यटन परिपथलगायतका आवश्यक पर्यटन पूर्वाधार निर्माणका लागि रु २० करोड बजेट विनियोजन गरेको छ ।

बजेट वक्तव्यमा चालु आवको प्रगति समीक्षाअन्तर्गत प्रदेश सरकार सञ्चालनका लागि २३ कानून पारित भएका र बाढी, पहिरो तथा अग्निपीडितलाई आवास निर्माणका लागि प्रतिपरिवार रु तीन लाख उपलब्ध गराएको उल्लेख छ । डिजिटल विद्यालय अभियान, प्रदेश अस्पताललाई ३०० श्ययामा स्तरोन्नति गर्ने कार्य, प्रदेश महत्वका सडक र जनता सडक कार्यक्रमअन्तर्गतका सडक कार्यान्वयनकै चरणमा रहेको उल्लेख छ ।

त्यस्तै, ६० साना सिँचाइ आयोजना सम्पन्न, ५१ कृषि सडक आयोजनामा ९२ किमी ट्रयाक खोलिएको, प्राङ्गारिक कृषि अनुसन्धान नमूना परियोजना सञ्चालन प्रक्रिया अघि बढेको उल्लेख छ । प्रदेश सरकारले राजश्व परिचालनतर्फ चालू आवमा रु २१ करोड २७ लाख ४६ हजार सङ्कलन हुने संशोधित अनुमान गरेको छ । बजेट वक्तव्यमा आगामी वर्ष कूल गार्हस्थ्य उत्पादन वृद्धिदर ६ दशमलब ५ प्रतिशत हासिल हुने अनुमान गरिएको छ । चालू आवमा वृद्धिदर ५ दशमलब ७ प्रतिशतले हासिल हुने अनुमान छ ।

मन्त्री ज्वालाले आर्थिक वर्ष २०७६÷७७ का रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट सार्वजनिक गर्नुभएको थियो । कूल बजेटमध्ये चालूतर्फ रु १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ रु २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार बजेट विनियोजित छ । प्रदेश सरकारले कूल बजेटको शून्य दशमलब ७ प्रतिशत मात्रै राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ  । रु २५ करोड १० लाख ४१ हजार आन्तरिक राजश्व सङ्कलन गर्ने, रु ७५ करोड आन्तरिक ऋण परिचालनबाट ब्योहोर्ने, बाँकी सबै रकम केन्द्रबाट प्राप्त हुने विभिन्न प्रकारका अनुदान, केन्द्र सरकारले दिने राजश्व बाँडफाँटको रकम, प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको रकमबाट आफ्नो लक्ष्यअनुसारको खर्च गर्ने सरकारको योजना छ ।