६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली नदीमा जीप खस्यो, १० जना वेपत्ता



अ+ अ-

काठमाडौं । कर्णाली नदीमा जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा १० जना वेपत्ता भएका छन् ।

हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप याङ्चुमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको हो ।

खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार जीपमा खार्पूनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहित उनका पारिवारिक सदस्यहरू रहेको खुलेको छ । जिपमा १० जना बढी सवार रहेको गाडी र यात्रुको अवस्था थाहा हुन नसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार अहिले जीप र यात्रुको खोजी भइरहेको जनाइएको छ।