१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मोर्गनले १७ छक्का प्रहार गरेपछि इङल्याण्डको सानदार जित, बन्यो एक खेलमै तीन रेकर्ड

मोर्गनले १७ छक्का प्रहार गरेपछि इङल्याण्डको सानदार जित, बन्यो एक खेलमै तीन  रेकर्ड
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जारी विश्वकपमा कुनै पनि टिमको सबैभन्दा ठूलो जित हो ।

३९८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २४७ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि हस्मतउल्लाह शाहिदीले ७६, राहमत शाहले ४६, अस्घर अफगानले ४४ र गुल्बादिन नाइबले ३७ रन बनाए । बलिङतर्फ जोफ्रा आर्चर र आदिल रशिदले समान ३-३ विकेट लिए ।

यसअधि टस जितेर पहिले ब्याटिङ गरेको इङल्याण्डले अफगानिस्तानलाई ३९८ रनको विशाल लक्ष्य दिएको थियो । इङल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनायो ।इङल्याण्डका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक १४८ रनको पारी खेलेका थिए । मोर्गनले सुरु देखि नै आक्रामक ब्याटिंग गर्दै केवल ७१ बलमा १४८ रन बनाएर आउट भएका हुन् । मोर्गनले आफ्नो पारीमा १७ छक्का र केवल ४ चौका प्रहार गरेका थिए । ३६ बलमा अर्धशतक पुरा गरेका मोर्गनले ५७ बलमा शतक पुरा गरेका थिए । उनले तेस्रो विकेटका लागि जोय रुटसँग मिलेर १८९ रनको साझेदारी गरेका थिए ।

इङल्याण्डका लागि ओपनर जोनी बैरस्ट्रवले ९० रन बनाएर आउट भएका थिए । त्यस्तै जोय रुटले लगातार उत्कृष्ट ब्याटिंग गर्दै यस खेलमा ८८ रन बनाएर आउट भएका थिए ।

त्यस्तै जोस बटलर २ रन बनाएर आउट भए भने बेन स्टोकले २ र मोइन अलीले अविजित १९ बलमा ३१ रन बनाएका थिए । अफगानिस्तानका लागि गुलबदीन नैब र दावलत जर्दानले ३–३ विकेट लिए । तीन स्पिनर खेलाएको अफगानिस्तानका स्पिनरलाई इङल्याण्डका ब्याट्सम्यानले धुलाई गरेका थिए । राशिद खानले ९ ओभरमा ११० रन दिएर कुनै विकेट लिएनन् भने मोहमद नावीले ९ ओभरमा ७० रन दिदा कुनै विकेट लिन सकेनन् । त्यस्तै अर्का स्पिनर मुजीब उर रहमानले भने किफायती बलिङ गर्दै १० ओभरमा ४४ रन दिए पनि विकेट भने लिन सकेनन् ।

यस्ता बने रेकर्ड

मोर्गन र रुटको कीर्तिमानी पार्टनरसिप

उच्च रन बनाउन कप्तान मोर्गन र रुटले १८९ रनको साझेदारी गरे । यो विश्वकपको इतिहासमा इंग्ल्याण्डको सबैभन्दा ठूलो पार्टनरसिपको रेकर्ड हो । अघिल्लो रेकर्ड डी एमिस र फ्लेचरको नाममा थियो । उनीहरुले सन् १९७५ मा आयोजना भएको विश्वकपमा भारतविरुद्ध १७६ रनको पार्टनरसिप गरेका थिए ।

साथै मोर्गनले एकदिवसीय क्रिकेटको एक पारीमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड कायम गरेका छन् । उलने सर्वाधिक १७ छक्का प्रहार गर्दै विश्व रेकर्ड समेत बनाएका छन् । यसअघि क्रिस गेलको एक पारीमा सर्वाधिक १६ छक्काको रेकर्ड थियो ।

राशिद बने सबैभन्दा महंगा बलर

बलिङतर्फ अफगानिस्तानका राशिद खान असफल भए । उनले ९ ओभर बलिङ गर्दै ११० रन खर्चिए । विश्वकप क्रिकेटको ४४ वर्षे इतिहासमा यो सबैभन्दा महंगो बलिङ हो । यसअघि यस्तो अनौठो रेकर्ड न्युजिल्याण्डका मार्टिन स्नेडनको नाममा थियो । उनले सन् १९८३ मा इंग्ल्याण्डविरुद्ध १२ ओभरको स्पेलमा १०५ रन खर्चिएका थिए ।