१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पानीका मुहान सुक्दै, सतबाँझमा वाटर टेबल टेस्ट

पानीका मुहान सुक्दै, सतबाँझमा वाटर टेबल टेस्ट
अ अ+ अ-

काठमाडौं । पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार/पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताउनुभयो । पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो ।

पछिल्लो समयमा गाउँमा खानेपानीको समस्या बल्झिँदै गएको मेलौली नगरपालिका–१ का लक्ष्मण पार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका कुवामा समेत पानी सुक्न थालेपछि गाउँलेलाई खानेपानीको समस्या भएको छ”, जथाभावी वन फडानी हुनु, लागत अनुमानविना ठाउँठाउँमा सडक खनिनुले पानीको मुहान सुक्दै गएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिनुभयो ।
जङ्गल मासेर सडक खनिएका धेरै निवेदन आफूकहाँ आइपुगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “जथाभावी सडक खन्दा पानीका मुहानजस्ता प्राकृतिक सम्पदा नष्ट हुने र यसले मानवको जीवनमा सङ्कट निम्त्याउने छ ।”

यसैबीच सुक्खायामको शुरुआतसँगै बैतडीको मेलौलीमा खानेपानीको चरम समस्या भएको छ । काँडाबजार र आसपासका गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीयवासीले बताएका छन् । खानेपानी अभाव हुँदा होटल व्यवसायी, भाडामा बस्दै आएका कर्मचारी, विद्यार्थी र स्थानीय बासिन्दा निकै समस्यामा परेका छन् । खानेपानीको अभावमा अनिदो बसेर पानीको जोहो गर्नुपर्ने अवस्था आएको स्थानीय सुना दमाइले बताउनुभयो ।

प्रत्येक वर्ष सुक्खायाममा पानीकै अभाव झेल्नुपर्ने अवस्था आएको स्थानीयवासी गङ्गासिंह नायकले बताउनुभयो । काँडाबजारमा खानेपानीको चरम समस्या हुँदा होटल व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको होटल व्यवसायी सीता चन्दले बताउनुभयो ।

मेलौलीमा विसं २०४० मा ग्वाल्लेकबाट ल्याएको खानेपानी योजना जीर्ण हुँदा र मुहानमै पानी कम हुँदा पानीको हाहाकार भएको हो । स्थानीय सरकारले खानेपानीको समस्या समाधान गर्न नसक्दा स्थानीय बासिन्दा निराश छन् ।

सतबाँझमा वाटर टेबल टेस्ट

बैतडीको सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रमा वाटर टेबल टेस्ट गरिएको छ । वाटर टेवल टेस्ट गर्दा उक्त क्षेत्रमा पानी निस्किने देखिएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिनुभयो ।

रु छ लाख ७५ हजार खर्च गरेर गरिएको उक्त टेस्टमा पानी निस्किने भएपछि आगामी आर्थिक वर्षदेखि उक्त क्षेत्रमा बोरिङबाट पानी निकालिने उहाँले बताउनुभयो । बोरिङबाट पानी निकाल्नका लागि करीब रु ७० लाख लाग्ने अनुमान गरिएको छ । २२५ फिट गहिराइबाट बोरिङ गरी पानी निकालिन लागिएको हो ।

सुक्खा फलफूल विकास केन्द्रमा पानी निस्केपछि सिँचाइका लागि सजिलो हुने भएको छ । त्यहाँ रहेका १४ पोखरीसमेत हाल पानी नहुँदा सुक्दै गएका छन् । आकाशे पानीको भरमा रहेका ती पोखरी सुक्दै गएका हुन् । पोखरी सुक्दै जाँदा हाल तरकारी उत्पादनमा पनि कमी आएको छ ।

विसं २०१९ मा स्थापना भएको बागवानी विकास केन्द्र २०६२ देखि सुक्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छाडेपछि स्याउ फल्न पनि छाडेको छ । जलवायु परिवर्तनको असरले स्याउ फल्न छाडेपछि सुक्खा फलफूल विकास केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो । सुक्खा फलफूल विकास केन्द्रको २९ हेक्टर जमीनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तराकारी खेती गर्दै आएको छ ।