६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे यस्तो घोषणा, फ्लोरिडालाई किन भने आफ्नो दोस्रो घर



अ+ अ-

अलजजिरा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतिय निर्वाचनको लागि चुनावी अभियानको घोषणा गरेका छन् ।

मंगलबार फ्लोरिडामा हजारौँ समर्थकहरुको भेला माझ ट्रम्पले चुनावी प्रचारको औपचारिक घोषणा गरेका हुन् ।

समर्थकलाई सम्बोधन गर्ने क्रममा उनले फ्लोरिडालाई आफ्नो दोस्रो घर बताए । त्यस्तै उनले विपक्षी डेमोक्रेटले देशलाई ‘विभाजन’ गर्न उद्दत रहेको आरोप पनि लगाए ।

सुरुवाती मतसर्वेक्षणमा ट्रम्प केही सम्भावित डेमोक्रेट प्रत्यासीभन्दा पछाडि देखिएका छन् ।

फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा भएको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भने ,‘ हामीले अमेरिकालाई महान् बनाइ राख्नुपर्छ । आज म तपाईंका अघि अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको लागि चुनावी अभियान औपचारिक रुपमा सुरु गर्दैछु ।’

‘तपाईंले अहिलेकै प्रशासनका टिमलाई कायम राख्न सघाउनु भयो भने आगामी दिन धेरै काम गरिनेछ । यस प्रशासन अन्तर्गत जति हाम्रो देशको भविष्य कहिले सुन्दर र चहकिलो देखिएको थिएन,’ ट्रपले भने ।

सम्बोधनमा ट्रम्पले अवैध आप्रवासीहरुमाथि कडाई गरिने उनको पुरानो वाचा पुनः दोहो¥याए । ट्रम्पले सन् २०१६ मा आप्रवासीको विरोधलाई प्रमुख मुद्दा बनाएका थिए ।

एक दिन अघि ट्रम्पले ट्वीट गर्दै प्रशासनले ‘गैरकानुनी रुपमा अमेरिका पुगेका लाखौँ आप्रवासीलाई देश निकाला गर्न सुरु गर्ने’ लेखेको थिए ।

राष्ट्रपतिको ¥याली हुने स्थानमा हजारौं समर्थक भेला भएका थिए । केही मानिस अघिल्लो दिन विहानैदेखि ओर्लाण्डोको एम्वे सेन्टर एरिनाबाहिर क्याम्प लगाएर बसेका थिए ।

संचारमाध्यमसँग कुरा गर्ने क्रममा ट्रम्पका समर्थकले अर्थतन्त्र र आप्रवासनलाई प्रमुख चासो भएका रुपमा उल्लेख गरे ।

फ्लोरिडा अमेरिकाको राष्ट्रपति निर्णायक हुने थोरै राज्यमध्येमा पर्छ । सन् २०१६ मा ट्रम्पले थोरै मतले यस राज्यबाट जित हासिल गरेका थिए । एजेन्सी