७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महिना अघि विहे गरेका निर्माता सोहन चौहान मृत भेटिए



अ+ अ-

काठमाडौं । इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानलाई मृत पाइएको छ । उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो ।

स्पटबोयका अनुसार उनको शव आइतबार राती भेटिएको हो जसलाई पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो । मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

रिपोर्टमा बताइए अनुसार सोहन पछिल्लो समय एक्लै बसिरहेका थिए किनभने उनकी श्रीमती दिल्लीमा थिइन् । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई अन्तिम पटक उनको घरमा काम गर्न आएकी सहयोगीले देखेकी थिइन् ।

सोहन सोसल मिडियामा १३ जूनसम्म एक्टिभ थिए । उनले सारेगामापा लिटिल च्याम्पको फिनालेबारे ९ जूनमा पोष्ट गरेका थिए । यद्यपि, जब सोहन चौहानका भाइले शनिबार उनीसँग सम्पर्क गर्ने कोसिस गरे तब उनी असफल भए ।

त्यसकारण उनले दाइ हराएको रिपोर्ट पुलिसमा दर्ता गरे । आइबार बिहान करिब साढे सात बने स्थानीयले पुलिसलाई पोखरीमा शव तैरिरहेको बारे जानकारी दिए ।

पुलिस अनुसन्धान अनुसार सोहन चौहानको शरीरमा चोटका कुनै निशाना भेटिएको छैन । उनी बसेको घरमा राखिएको सिसिटिभी फुटेज अनुसार सोहन चौहानलाई आइतबार हातमा बोतल लिएर बाहिर निस्किरहेको देखिएको थियो । उनको अन्तिम संस्कार पछि पुलिसले घरको अनुसन्धान गर्यो । उनको कोठाभित्र रमको एउटा खाली बोतल र एउटा डायरी भेटियो जसमा सोहन चौहान कविता लेख्थे । एजेन्सी