१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गर्मी बढेसँगै रगतको अभाव

गर्मी बढेसँगै रगतको अभाव
अ अ+ अ-

भरतपुर । चितवन जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिनुभयो । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिएको हो ।

यो समयमा क्याम्पसहरुमा परीक्षा हुनु, गर्मी बिदा हुनु, रक्तदातामा उत्साह नहुनु, गर्मीका कारण शरीर शिथिल हुनु, राजनैतिक दलको क्रियाशीलता कम हुनुलगायतका कारण रगतको समस्या देखिएको हो । अस्पतालमा आएका बिरामीका आफन्त र स्वयम्सेवी रक्तदाताको भरमा केन्द्र सञ्चालन गर्नु परेको उहाँले बताउनुभयो ।

जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र २० भन्दा बढी निजी अस्पतालहरु छन् । ती अस्पतालबाट दैनिक शल्यक्रियाका लागि रगतको माग हुँदै आएको पौडेलले जनाकारी दिनुभयो । सङ्कलन गरेर राखिएकोभन्दा ताजाको माग भएपछि केन्द्रलाई रगत दिन समस्या परेको हो । पौडेलका अनुसार ताजा सेतो रगतको अभाव भएको छ । रगत नपाएर बिरामी मर्ने अवस्था नभए पनि जुनसुकै समयमा समस्या आउन सक्ने पौडेलको भनाइ छ । बिरामीलाई रगत आवश्यक परेर लिन जाँदा रगत दिने व्यक्तिसँगै लैजानुपर्ने बाध्यता छ ।

चितवनमा मात्रै नभएर अहिले देशभर नै रगतको अभाव देखिएको उहाँले जानकारी दिनुभयो । केन्द्रले चितवन, धादिङ, नवलपुर, नवलपरासी, बारा, पर्सा, तनहुँ, लम्जुङ्, गोर्खालगायतका १२ वटा जिल्लाबाट रगत सङ्कलन गर्दै आएको छ । तर यी सबै जिल्लामा गर्मीका कारण रक्तदाताकोे अभाव भएपछि रगतको समस्या देखिएको हो । जिल्लाका अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या उच्च रहेकाले रगतको माग बढिरहेको छ ।