• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

संसदमा सभापति देउवाको प्रश्नः प्रतिपक्षि दल बोल्न नपाउने यो कहाँ छ संसारमा ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो, “मैले विसं २०४८ देखि निरन्तर संसद्मा प्रतिनिधित्व गरेको छु । यस्ता घटना कहिल्यै भएको थिएन ।”

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासँग समय मागेर उहाँले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी रहेको उल्लेख गर्दै यसले संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्नेछ भन्नुभयो ।

नेता देउवाले स्वतन्त्र र निष्पक्ष हुने मानवअधिकार आयोगलाई कमजोर पार्न विधेयक आएकामा आपत्ति जनाउँदै मानवअधिकार बिनाको प्रजातन्त्र कसरी सुदृढ हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र र लोकतन्त्रविरोधी विधेयक सरकारले फिर्ता नलिए कडा आन्दोलनमा जान्छौँ ।”

राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समानुपातिक र समावेशी संविधानको आत्मालाई लोकसेवा आयोगको विज्ञापनले उडाएर लगेकामा दुःख लागेको छ भन्नुभयो । “सत्ता र प्रमुख प्रतिपक्षी दुवैलाई लोकतन्त्र चाहिन्छ । लोकतन्त्रको हत्या नगरौँ”, उहाँले भन्नुभयो ।