२४ भाद्र २०८३, बुधबार
,
Latest
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्तिशाली भूकम्प धक्का महशुस, १६ जना घाईते



अ+ अ-

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् ।जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो ।

जापानको राजधानी टोकियोबाट ३०० किलोमिटर उत्तरी निगातामा भूकम्पको केन्द्र रहेपनि भूकम्पको धक्का राजधानीमा पनि अनुभव गरिएको थियो । प्रधानमन्त्री शिन्जो आबेले भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सरकार पूर्ण सतर्क अवस्थामा रहेको बताउँदै ठूलै क्षमताको परकम्प आउने सम्भावनातर्फ विशेष चनाखो रहन नागरिकहरु समक्ष आह्वान गरेका छन् ।

टेलिभिजन र अनलाइनहरुमा निगाता समेतका स्थानमा घरहरु बेस्सरी हल्लिएका र घरभित्रका सामान छताछुल्ल भएका दृश्यहरु राखिएका छन् । भूकम्प गएको केही समय विद्युत आपूर्ति समेत बन्द गरिएको थियो ।
गत जुन महिनामा ओशाका क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट पाँच जनाको ज्यान जानुका साथै ३५० जनाभन्दा बढी घाइते भएका थिए । सन् २०११ मार्च ११ मा ९ म्याग्नीच्यूडको भूकम्पबाट सिर्जित सुनामीले प्रशान्त महासागरीय मुलुकहरुमा हजारौंको ज्यान गएको थियो ।

जापानको निगाता पनि भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त क्षेत्रमा पर्दछ । सन् २००४ मा ६.८ म्याग्नीच्यूडको भूकम्पबाट ६८ जनाको मृत्यु भएको थियो । जापान भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त राष्ट्र हो । –एएफपी