१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

तीन महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन

तीन महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन
अ अ+ अ-

खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो ।

विसं २०७३ माघ २६ गते बुधबार बिहान खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ मृत फेला परेकी थिइन् भने २०७४ जेठ १६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साउन ४ गते जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्मालाई हत्या गरिएको अवस्थामा फेला पारिएको थियो । घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि दोषी पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ ।

सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीताको शव कुसेऔँशी जङ्गलको बाटोभन्दा करीब ४० मिटर तल भिरमा भेटिएको थियो । घटनास्थलमा झारपात मडारिएको, शव घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।

यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा इलाका प्रहरी कार्यालय हलेसीभन्दा करीब पाँच मिनेटको पैदल दूरीमा ज्ञानीमायाको हत्या भएको थियो । माइतीघर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करीब ५०० मिटर तल कम्मरमुनि कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको थियो ।

तीन महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर हत्यारालाई कानूनी कठघरामा ल्याउन प्रहरीलाई दवाब दिइरहेका छन् । जिल्लास्थित क्रियाशील महिला अधिकारकर्मीले पटक–पटक जिल्ला प्रहरी कार्यालय खोटाङमा पुगेर घटनाको विषयमा जानकारी मागिरहेका छन् ।

शृङ्खलाबद्ध हत्या प्रकरणका दोषी पत्ता नलागेको बारेमा गत भदौ १ गते गृहमन्त्री रामबहादुर थापालाई भेटेर जानकारीसमेत गराइएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष देवान किराती ‘पृथ्वी’को नेतृत्वमा गएको टोलीले गृहमन्त्री थापालाई उहाँको निवासमा भेटेर तत्काल हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गरेको थियो ।

खोटाङे नेताहरुको टोलीसँगको भेटमा गृहमन्त्री थापाले आफू उक्त घटनाप्रति गम्भीर रहेको बताउनुभएको थियो । उहाँले चाँडै नै परिणाम आउने गरी आफूले कारवाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनु भए पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । यसबीचमा जिल्ला प्रहरी कार्यालय खोटाङमा चार प्रहरी प्रमुख फेरिए । प्रहरी नायप उपरीक्षक (प्रनाउ) नवीनकिशोर प्रधान, लोकदर्शन थापा र राजकुमार केसी सरुवा भएर अन्यत्र गइसक्नुभएको छ भने अहिले प्रनाउ वामदेव गौतम आएर प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।

तीन महिला हत्या प्रकरणका बारेमा आफू प्रहरी प्रमुख भएर खोटाङ आउनासाथ अनुसन्धान थालेको प्रनाउ गौतमले बताउनुभयो । “अहिले फाइल अध्ययन गरेर घटनाको बारेमा बुझ्ने काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “तत्काल दोषी पत्ता नलागे पनि उम्कनेवाला छैन, पुरानो घटना भएकाले केही समय लाग्न सक्छ ।”

जिल्लामा सरुवा भएर आउने सबै प्रहरी प्रमुखलाई घटनाबारे जानकारी गराइएको महिला अधिकारकर्मी एवं पूर्वसभासद् दुर्गाजयन्ती राईले बताउनुभयो । “हामीले सबै सुरक्षा प्रमुखलाई घटनाका बारेमा जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीमाथि नै आशङ्का गर्नुपर्ने अवस्था आएको छ ।” घटनाका दोषी पत्ता नलागेपछि मृतकका आफन्त प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले प्रहरीमाथि नै अनुसन्धान थाल्न माग गर्दै आएका छन् ।